गीत
गीत
✍️ डिल्लीराम परदेशी
आधा उमेर वितिसक्यो बाटो आधा भाको छैन
साथीभाइको गुनको पैँचो अझै तिर्न पाको छैन
निदाउँदा, थकाइ मार्दा धेरै समय जाँदो रैछ
चाडपर्व र रमाइलोले बेला धेरै खाँदो रैछ
कहिले आउला प्रगतिको सिँढी अझै आको छैन
साथीभाइको गुनको पैँचो अझै तिर्न पाको छैन
साथीहरू कति छुटे आफू अघि कति गए
कति साथी अस्ताएर सम्झनामा मात्र रहे
यात्रा सधैँ जारी नै छ पूर्णविराम लाको छैन
साथीभाइको गुनको पैँचो अझै तिर्न पाको छैन
-तेह्रथुम, आठराई
हाल: झापा
ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
✍️ टीका भट्टराई नेपाल ,पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ नोभेम्बर २०२६
गीत - गायत्री लम्साल
गायत्री लम्साल - मङ्गलबार १७ नोभेम्बर २०२६
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६