क्रान्ति
शिवलोचन चिलाउनेको हलो ताछ्दै थिए । रामलाल आँगनमा टुप्लुक्क आइपुगे । उनले भने, "यो बैज्ञानिक युगमा पूरानो हलोको काम छैन दाइ । यो युग विज्ञान तथा प्रविधिको युग हो । । क्रान्तिकारी काम गर्नु पर्छ । बरु भोलि शहरतिर ट्राक्टर लिन जाउँ ।"
"तपाईं जस्तो विद्वान् कविले भनेपछि नमान्ने को छ र ! कुरो पक्का भयो ।" शिवलोचनले योजना पक्का गरे ।
उनले गाकी आएको मौका पारेर सोही दिनमा हलगोरु बेचे । दुवै जना साथमा दोस्रो दिन ट्राक्टर लिन शहर हानिए । शहर गरिवका सपना निल्ने सलह जस्तै थियो । दुई तीन सोरुम चहर्दा असी हजारमा ट्राक्टर मिल्यो । सामान थन्काएर उनीहरु रासायनिक मल खोज्न टेकु पुगे । मल पाएनन् । उता आर्गनिक मल बनाउने गोरु बेचिसकेका थिए ।
"मेरो सल्लाह कस्तो लाग्यो त ! " साथिको सोरुमको माल दलालले जसरी भिडाएपछि रामलालले प्रश्न गरे ।
शिवलोचनलाई कविले आतंकको दासत्व स्वीकारे झैँ लाग्यो । उनले गोरु बेचेकोमा पश्चताप गर्दै भने, " आविष्कार तथा सिर्जना गर्न नसक्ने कुनै पनि आतंक क्रान्ति हुन्न कविवर ! बरु ज्ञान(अध्ययन) , ध्यान (चिन्तन) बाट पो वैज्ञानिक क्रान्ति सम्भव हुन्छ कि ! "
बालकृष्ण गजुरेल