आमा जलायौ किन ?

विन्दु दाहाल `मुकदर्शक´ · कार्तिक १८, २०८२ १:१९ PM
Cover Image for News

आमा जलायौ किन ?
                          विन्दु दाहाल `मुकदर्शक´
            
 दुख्ने गर्छ हियो चसक्क जहिले यो  देश  सम्झेपछि
 लाखौँ संरचना अमूल्य  गरिमा  छैनन्  कुनैका  दसी 

मान्छेको मति भ्रष्ट हुन्छ कलिमा चिन्दैन आफ्नो धन
 को हौ त्यो दरबार झोस्न  कसिने  भेडाहरू  हो  भन ।
 

बाबाको रिसले बनी असुरझैँ आमा  जलायौ  किन ?
 हाम्रा सुन्दर पालिका भवन ती सारा  बलायौ  किन ? 

के पायौ भन शुण्डमुण्ड  मतिका  शैतानका  सन्तति 
 यो नोक्सान हिसाब गर्छ कसले तिर्ने छ को यो क्षति ?
 

हाम्रो राष्ट्र धराप पार्न कसियौ  डाकी  विदेशी  प्रभु
 छाडा कर्तुतका तिमी जग भयौ  दुष्कार्य  गर्ने  रिपु 

नेपाली जनता उचाल्न कसियौ आगो लगाओ भनी
 जल्दा ती दरबार भौतिक कुरा  हामी भयौँ के धनी ?
 

तिम्रा ती घटिया कुकर्म चुतिया सङ्कीर्ण मस्तिष्कले
 हाम्रा सान सुवर्ण सौम्य  रचना  छेस्का  जलेझैँ  जले 

हेर्दा  देख्छु  मुसोलिनी  सरहका   आकारले    रङ्गले
 तिम्रो बुद्धि हराम तुच्छ बनिँदा सम्पूर्ण   आस्था जले ।
 

कस्ता लेण्डुप स्वार्थनिम्ति कसरी गोटी चलायौ लुकी
 को को छौ कति छौ निशाचरहरू आमा रुँदैछिन् दुखी 

ती काला सुटभित्र कंसपनको बढ्दो छ  हुङ्कार  जो 
 यो नीरो खतरा  हुँदै  छ  बुझ जो   नेपालको  शत्रु  हो ।

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५