अमेरिकामा साहित्य परिषद भूटानको ११औँ साधारणसभा सम्पन्न हुने
साहित्य परिषद भूटानको ११औँ साधारणसभा सम्पन्न हुने भएको छ । नोभेम्बर ८ मा अमेरिकाको पेन्सिलभेनियामा सम्पन्न हुने उक्त कार्यक्रममा साहित्य र सङ्गीत क्षेत्रका विभिन्न १० व्यक्तित्वहरु सम्मानित तथा पुरस्कृत हुने भएका छन् । सम्मानित हुनेहरुमा विश्वनाथ क्षेत्री, अमल थुलुङ, रत्न गुरुङ्ग, आइतसिंह राई, पदम विश्वकर्मा, कृष्ण लिम्बु, गोविन्द हुमागाईँ, अम्बर तुम्बापो, छवि न्यौपाने तथा रमेश दियाली रहेका छन् ।
सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न हुने सो कार्यक्रममा कुवेर कुइँकेल शर्माको 'अन्त्यको सुरु' कविता सङ्ग्रहको विमोचन हुनेभएको छ । कार्यक्रममा प्रस्तावना पेश गरिने तथा रचनावाचन, साहित्यिक अन्तर्क्रिया तथा गायन र नृत्यहरु प्रस्तुत गरिनेकुराको जानकारी अमेरिकाबाट स्रष्टा पातलो अन्तरेले गराउनु भएको छ ।
ट्यागहरू:
सहित्य
literature
sahitya
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नेपाल लिटरेरी ग्रुपको पोयट्री विद लाट्टे साँझ सम्पन्न
दिलिप घिमिरे - शनिबार १९ सेप्टेम्बर २०२६
सेभेन सिज अङ्ग्रेजी माविका विद्यार्थीसँग साहित्य कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान गरिने
दिलिप घिमिरे - बिहिबार १७ सेप्टेम्बर २०२६
रमेश प्रभातको ‘आँगनीमा फूल रोपेँ’ गजल सङ्ग्रह प्रकाशित
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६