बुद्ध, मुक्त ऊ बन्दछ

हरिभक्त सिग्देल 'महेश' पोष्ट- खगिन्द्रा खुसी · कार्तिक १९, २०८२ ८:५४ PM
Cover Image for News

विशाल सृष्टि ॐ शक्ति ह्रीँ सञ्चालक हुन्छ हाे
स्त्रीलिङ्गी र पुलिङ्गीमा तेस्रो लिङ्गीसमेत त्याे ।
सबैकाे सार हाे ॐ नै रज वीर्य समेतले
सृष्टि चल्छ स्वयंमा नै प्रकृति सर्व रीतले ।।


अग्नि जल र आकाश पृथ्वी यी सूर्यचन्द्रले
चलेकाे छ सदा सृष्टि घुम्छ चक्र स्व यन्त्रले ।
देवता देवी र शक्ति स्रोत हाे एक ओम नै
एकमात्र परम् सत्य जाने माने छ सत्यमै ।।

समाहित हुने प्राणी परिनिर्वाण मुक्तमा
शरीर नाशिने जान्नु चेतना अविनाशमा ।
सके अड्न दृढ प्राज्ञ मुक्त अमर बन्दछ 
दृढता चेतना ब्रह्म अजरामर सत्य छ।।

शरीर जब मक्किन्छ राेग र मृत्युका घडी
आत्मा भिन्न छ यो मिल्छ आफ्नै स्वरूपमा बढी।
अमर भिन्न यो ब्रह्म  भावना दृढमा गए
शरीर त्यागी त्याे मुक्त ब्रह्ममै मिल्छ यो भरे ।।

डर नै मान्छ यो मृत्यु आत्मा शरीर साथमा
मरेँ म सक्किए भन्छ शरीर  भिन्न ह्वैन म ।
भन्ने पुग्छ उही अर्को तत् लोक  दृढता रहे
मुक्त वुद्ध त्यही हुन्छ अमर दृढमा भए ।।




ट्यागहरू:
सहित्य कविता literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
देशको सान
देशको सान
कल्पना काफ्ले पोष्ट -खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४
शक्ति सङ्कल्प
शक्ति सङ्कल्प
टीका आत्रेय पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
स्रग्धरामा रमाऊँ
स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
चाँडै तिमी आउनू
चाँडै तिमी आउनू
खगिन्द्रा खुसी - शुक्रबार २८ जुन २०२४