‘सम्झनाको चोमोलुङ्मा'लाई नियाल्दा

मन थेगुवा · कार्तिक २०, २०८२ १२:५७ PM
Cover Image for News

‘सम्झनाको चोमोलुङ्मा'लाई नियाल्दा
                                       -मन थेगुवा
 साहित्यिक अभियन्ताको रुपमा आफूलाई अब्बल
 सावित गर्दै आइरहेका उनको भावी दिनहरु कवितामय हुने निश्चित छ । कतिा सिर्जनामात्रै होइन, साहित्यिक परिशिलन पनि उनिबाट अपेक्षाकृत छ ।
 रोशनको नेपाली साहित्यलाई उज्यालो बनाउँदै आइरहेको काव्यकृतिले मनलाई थप रोशन गराइरहेछ ।” 

(मूलसुब्बा खलकबाट कविको आगमन नेपाल मामिला, अनलाइन - राजकुमार दिक्पाल)
 नेपाली साहित्यमा सबै भन्दा बढि लेखिने बिधामा कविता बिधा नै पर्ने कुरा कसैले पनि नकार्न सक्दैन ।यसै बिधालाई आफ्नो क्षेत्र बनाउदै आएका कवि रोशन यक्सोले 'सम्झनाको चोमोलुङ्गा' (कविता सङ्ग्रह - २०८२) दिएर नेपाली साहित्यिक आकाशमा दह्रो उपस्थिति जनाएको छन् । 

उक्त कविता सङ्ग्रह र कविको बारेमा इतिहासकार राजकुमार दिक्पालले प्रष्ट पारिदिएको कुरा माथिका पतीहरुले बुझाउदछ | कवि रोशन यक्सो लिम्बुवान क्षेत्रका सुब्बा खलकका सन्तान विद्यार्थी कालमा राजनितिमा नजिक भएर पार्टीको झण्डा समेत बोकेर दौडिएका थिए । तर छलछाम नजान्ने कविमनले यसरी झण्डा बोकेर हिड्दा जिन्दगी अगाडि बढ्न नसक्ने निचोडमा पुगेर आम युवाहरु जस्तै विदेश जाने पङ्तीमा राहदानि बनाएर उभिन पुगे । 
 नभन्दै ८ / ९ वर्षदेखि हङ्कङमा आफ्नो र परिवारको भाग्य र भविष्य खोजिरेको कवि यक्सोले विद्यार्थीकालदेखि नै कविता लेख्दै आएका थिए भने विं.सं.२०५८/२०५९ सालतिरबाटै त्रैमासिक हवाई पत्रिका 'खेल शिखर' प्रकाशनमा साथिहरुसँग सामेल भएर साहित्यिक क्षेत्रमा आफ्नो उपस्थिति देखाएका थिए । 

'सम्झनाको चोमोलुङ्मा'लाई भौतिकरुपले नियाल्ने हो भने रसिकराजको कलाले सजिएको कडा आवरण र वेटलेस पेपर प्रयोग भएको कविता सङ्ग्रह उत्कृष्ट रहेको छ । प्रख्यात प्रकाशन गृह फिनिक्स बुक्सले प्रकाशन गरेको कृतिमा हरेक पक्ष राम्रो रहेको छ। कवि रोशन यक्सोले छोरी तेन्छामालाई...समर्पण गरेको कृतिमा पहिलो खण्डमा १९ थान, दोश्रो खण्डमा ८ थान र अन्तिम खण्डमा १३ थान गरि जम्मा ४० थान कविताहरु रहेकाछन् । प्राय मझौला आकारका कविताहरु भए पनि केहि छोटा कविताहरु पनि रहेकाछन् ।        
कविले 'भन्नै पर्दा' भनि आफ्ना कुरा राखेका छन् भने अन्तिम पृष्टमा धन्यवाद दिन भुलेका छैनन् । यसरी ९८+१२= ११० पेजमा समेटिएको,वेटलेस कागज र कडा खोलमा छापिएको कितावको मूल्य रु.३९९।- स्वाभाविक मान्न सकिन्छ ।
            गोपालप्रसाद रिमालको 'कविको गान' बाट शुरु भएको गद्य कविता लेखनको यात्राले एक शताब्दि टेक्न आटेको छ ।
 यसै गद्य कवितालाई लेखनको क्षेत्र बनाएका धेरै अग्रज कविहरु नेपाली सहित्यमा स्थापित भइसकेका छन् । सायद पद्यमा जसरी विभिन्न नियम उपनियमा बाँधिनु नपर्ने, स्वातन्त्र पाराले आफ्ना कुराहरु राख्न मिल्ने, अन्य भाषा र लिपिमा पद्य जस्तो उल्था गर्न गाह्रो नहुने भएकाले नै पछिल्लो समयमा कविता लेख्नेहरुले गद्यलाई स्विकार्दै आएको हुनसक्छ । 

पद्यमा पनि मौलिक लय, यति, गति आफ्नै तरिकाले भएपनि मिलेको हुने गर्दछ। रोशन यक्सोले पनि गद्य कवितालाई आफ्नो लेखनको क्षेत्र बनाएर यस कृति 'सम्झनाको चोमोलुङ्गा' कविता सङ्ग्रह आमपाठकहरुको माझ पस्किएका छन् । अन्यकुरालाई थाति राख्दै एउटा पाठकको नाताले यस कृतिको भाव पक्षलाई विशेष
 नियाल्दै जाने हो भने कविले आफू विदेशिनु पर्दाको पिडालाई पहिलो कवितामा नै यसरी व्यक्त गरेको पाईन्छ:
 "....................
 ओहो !
 वर्षो भइसक्यो
 परिवारको खुसी किन्न
 म परदेसिएको पनि,
 मेरो पर्खाइमा मेरी आमा 'आमा रक' बन्नुअघि
 फर्किन्छ अब आफ्नो देश !
 फर्किन्छु अब आफ्नो घर !" 

('आमा रक' : आफ्नालाई पर्खनेहरु !, पे.नं. ०३ )
                यसरी ‘आमा रकः आफ्नालाई पर्खनेहरु !' कवितामा परदेसीहरुको पिडामात्र बोलिएको छैन, परदेसिएका आफन्तहरुलाई चट्टान भई पर्खने आफ्न्तहरुको व्याथाहरु पनि पोखिएको छ । कविता 'डिपार्चर'मा सयौँ सपनाहरु संगालेर विदेसिएका युवाहरु काठको बाकसमा फर्कनु परेपनि देश हाक्ने नेताहरुलाई रेमिट्यान्सको मात्र चासो लिएकोमा आक्रोश भेटिन्छ । वर्तमान समायको अत्यन्तै सामाजिक विकृति डिभोर्स
 भन्ने शब्दलाई कविता 'अंशबण्डा'मा पाइन्छ । कविता 'भूकम्प र धरहरा'ले वि.सं.२०७२ सालको विनासकारी भूकम्पले ल्याएको नरसंहार र बिधंसको कथा बोलेको छ भने राजामहाराजाहरुको इतिहास धरहरा ढलाउन सक्ने भूकम्पले मासिहरुको घमण्ड र अहंकार ढाल्न नसकेको देखेर कवि आफै छक्क परेकाछन् । तर 'मरिच' र 'इकारसको कथा' शिर्षकका कविताहरुमा आफ्नै घमण्ड र अहंकारका कारणले मानिसहरुको अन्त्य हुने कुरालाई कविले प्रष्ट पारेकाछन् । 

'बच्चा' कवितामा अदृष्य पोषाक लोककथालाई जोड दिएर बालकहरु सत्य बोल्ने कुरालाई उल्लेख गरिएको छ । 'प्रतिक्षा'मा आफन्न भनाउदाले घात गर्ने त ‘घोडे जात्रा' मा दुःखबाट मुक्त हुने उपायाको खोजी गरिएको छ । 'भोकको बस्तीबाट' कवितामा शासकहरुको मोजमस्ति र भूइमान्छेहरुको कोरना कालको दर्दनाक अवस्थाकोचित्रण देख्न पाइन्छ ।
 ´´.....................
 सम्झन्छु-
 तमसुक गर्दा हजारको पछाडि
 जाबो एउटा शून्य थप्दा
 कसरी गएथ्यो विरमान दर्जीको घरबारी
 किन र कसरी
 जुठी दमिनी र बाटुली कमिनी मात्र
 बारम्बार घोसित हुन्थे बोक्सी र डड्किनी
 सम्झनाको गर्तमा अझै ताजा छ ।
 .....................´´
 (सम्झनाको चोमोलुङ्मा, पे. नं. - ४५ ) 

प्रस्तुत कविता अंश कृतिको नामकरण गरिएको शिर्ष कविता ‘सम्झनाको चोमालुङ्मा'को हो । यस कवितामा घरबार विहिन हजारौहजार व्याक्तिको बिगत हो, भने शोषक सामन्तहरुले कसरी गरिवदुखीहरुको घरबार उजाड पार्थे भन्ने सत्यता पनि हो । ‘अनुत्तरित प्रश्न'मा कविले महिला माथिको अन्याय र अत्यचारका साथै राष्ट्र हाक्छु भन्नेहरुप्रतिको वितृष्णा पोखिएको पाइन्छ । 

 यसैगरी 'त्याग' कवितामा त्यागी भनाउदाहरुको उल्लेख गर्दै भेटेजति कुम्ल्याउनेहरुलाई व्याङ्ग्य गरिएको छ । 'कर्मै मेरो खोटो रहेछ' मा कविले नेपालमा अनेकौ परिवर्तन आएपनि गरिव, दुःखी र असाहायहरुको अवस्था बदल्न नसकिएको कुरालाई छर्लङ्ग पारेको छ । गाउँघरदेखि राष्ट्रकै ठालुहरुलाई 'एक्काइसौं शताब्दीमा काजी' कविताले चुनौति दिएको छ । हिजो परिवर्तनका लागि हजारौ कविकलाकारहरु ज्यानको बाजि थापेर गाउँगाउँमा अन्याय,अत्यचार,शोषण,

दमन,आदिका विरुद्धमा जनताहरु बिउझाउन आ-आफ्नो क्षेत्रबाट लागिपरेका थिए । 
तर परिवर्तन पस्चात ती कविकलाकरहरुलाई शत्ताले भुलेको तितो सत्य कविता बिर्सिएको धुन' मा पाइन्छ ।यसैगरी 'आउटडेटेड योद्धाको कन्फेसन' कवितामा १० वर्षे कालोदिनको सम्झना एउटा योद्धा मार्फत गरिएको छ। यस कवितामा योद्धाले कमाण्डरबाट लड्ने,भिड्ने र मार्ने जस्ता कलाहरु सिकेर सोहि अनुसार परिवर्तन पनि आउछ तर अफसोच परिवर्त पछि समाजमा जीउने कला सिक्न नसकेकोले पस्चतापमा परेका हजारौं योद्धहरुको पिडाव्याथा बोकेको पाइन्छ ।

यता ‘भूइमान्छेको आक्रोश'मा शासन बदलिएपछिका शासकहरुले आफूहरुलाई गरेको व्यवहारप्रति आक्रोश पोख्दै खबरदारी गरिएको मात्र छैन,'आगो' कवितामा ती शासकहरुलाई नष्ट गराउन पनि सकिने कुरा गरिएको छ । कृति कै सबै भन्दा लामो कविता 'काजी सापको मनोवाद' मा देशमा परिवर्त आएपछि गाउँले एकजना शोषकको अवस्थालाई कथानक रुपमा चित्रण गरिएको छ । यस कवितामा हिजो शोषक शामन्तहरुले कसरी गरिवदुखी,निमुखाहरुलाई शोषण गर्दथे भन्ने कुरा शामन्त के मनोदसाबाट प्रष्ट पारिएको छ ।
 “रातभर-
 मेरो जवानीको रस चुस्ने
 मेरो अङ्ग अङ्गमा गिद्धेनङ्ग्रा गाड्ने।
 बिहान-
 जब मन्दिरमा पूजा शुरु हुन्छ
 मलाई वेश्याको पगरी गुथाउने ?”
 (समाज, पे.नं. २३ ) 

      प्रस्तुत छोक(छोटो कविता) ले कृतिभित्रका कविताले महिलाहरुको आवाजलाई अतिनै ससक्त तरिकाले उठान गरेको प्रष्ट बुझिन्छ । 'छुन नहुने रगत' कवितामा महिलाहरुलाई प्रकृतिले दिएको वर्दान मासिकस्राव हुदा समेत अपहेलना गरेर नछुने भएको बहानामा छाउपडि बस्न बाध्य पारिन्छ (तर लिम्बू लगायत केहि जनजातिहरुमा यो चलन रहेको पाइन्दैन। यस कवितामा आफ्नै रगतबाट बनिएका सन्तानले समेत आमालाई परसरेको नाममा हेलागरिने गरेको सत्यलाई प्रष्ट पारिएको छ ।

 महिलाहरु बिभिन्न प्रकारले शोषित भइरहेको दृष्य 'सम्बोधन' कवितामा पाइन्छ ।समयको प्रवाहसँगै चेलिबेटीहरुमा आएको बिकृतिलाई उजागर
 गर्नका साथै आफ्नोपनमा जतिको सौन्दर्य अरुको नक्कल गर्दा नहुने सत्य पनि 'आदिवासी सौन्दर्य' कवितामा भेटिन्छ । 

'द्रौपदी अर्थात देश' कवितामा महाभारतको पात्र द्रौपदीसँग देशलाई तुलना गरिएको छ । आफ्नो देशलाई नङ्ग्याउनेहरुबाट बचाउन पनि कविले आव्हान गरेको भेटिन्छ ।
 ´´......................
 सिंहदरबार- बालुवाटार
 जता धाए पनि
 जुनसुकै कार्यालय गए पनि
 एउटै व्यवहार एउटै अनुहार देख्छु
 यो देश फुलबारी हो कि तोरीबरी ।”
 (देशको नक्सामा गायब अनुहार, पे.नं. ४८ )
                 उल्लेखित कविताको अंशमा एकात्मक जातिय शासन प्रणालिको चित्रण गरिएको छ । यस 'देशको नक्सामा गायब अनुहार' कवितामा आदिवासि, जनजाति, दलित, पिछाडा, आदि वर्गहरु पलायन हुदै गएको यथार्थता मात्र छैन, आफ्नो उत्थानमा लाग्नु पर्ने पनि शन्देस दिएको पाइन्छ । 

यसैगरी 'देशले नचिनेकाहरु'मा पहिचानको आवाजलाई जोडदार उठाउनका साथै आफ्नो पहिचान आफैले जोगाउनु पर्छ भन्ने शन्देस भेटिन्छ । उचित स्थान नपाएकोले आफ्नो जन्मस्थानप्रतिको मोह, आफू खेलेर हुर्केको स्थानको माया र आफ्ना पुर्खाहरुको कर्मप्रतिको सम्मान प्रस्तुत कविता 'नयाँ बाटो'मा झल्किएको छ। 
 ‘आफ्नै गाउँ फर्की आएँ' कवितामा मानिस संसारको कुनै पनि कुनामा पुगोस्, जस्तै सुखसुविधा प्राप्त गरोस् तर आफ्नो गाउँठाउँ जस्तो आनन्दको स्थान कहि नहुने यथार्थ पोखिएको पाइन्छ । अनेकौ आदिवासी जानजातिहरुलाई एकिकरणको नाममा त्यस समयका
 शाषकहरुले गरेको नरसंहारको चित्रण कविता 'राष्ट्रिय एकता दिवस'मा भेटिन्छ।'मधेस' कवितामा आफ्नै भनाउदा मान्छेहरु पनि शत्तामा पुगे भने पनि आफ्नैलाई दबाउने गरको सत्य बोलिएको छ । 

"जिन्दगीको यो मोडमा
 आज अचानक सम्झना बनेर आयौ र
 पृथ्वी घुम्न थाले
 विगतका याद आँखाभरिभरि ।
 ...........................´´
 (जिन्दगीको यो मोडमा, पे.नं.-३१)
                 उल्लेखित 'जिन्दगीको यो मोडमा' कविताका अंश जस्तै कृति भित्र मायाप्रेम,मिलनबिछोडका क्षणहरु पनि प्रसस्तै पाउन सकिन्छ । यसैगरी 'दोबाटो' कवितामा माया प्रेममा हुने विछोडको कुरा पाइन्छ, भने 'फाल्तु कुरा'मा बिछोडपछि भोग्नु परेको पिडालाई कविले व्यक्त गरेको भेटिन्छ। 

कविता सङ्ग्रहमा समेटिएका छोक (छोटा कविता)हरु 'शहर','समाज', 'शहीद गेट','प्रतिरोध' आदि जस्ता आधा दर्जन जति कविताहरुले छोटो भएपनि समग्रहमा पूर्णता बोकेर आएको पाइन्छ । ती छोकहरुलाई पढ्दै जादा कृतिको तिक्खर चटनी जस्तो लाग्ने गर्दछ । 
          यसरी 'सम्झनाको चोमोलुङ्मा' संग्रहभित्रका कविताहरुको भावलाई नियाल्दा विगतदेखि वर्तमानसम्मका सम्पूर्ण पक्षलाई समेटेको मात्र नभई जेनजीहरुले गरेको क्रान्तिको पूर्व सङ्केत पनि शासकहरुलाई विभिन्न कविताहरुमार्फत दिएको पाइन्छ । कविताहरुमा प्रयोग भएका पूर्विय बिम्ब र प्रतीकहरु शसक्त र जीवन्त रुपले उभिएका छन् भने मिथकका रुपमा आएका प्रसंगहरुले कवितालाई गहकिलो बनाएको छ । 
पछिल्लो पिडिमा आएको ज्ञान आप्नो कुरा आफैले बोल्नु र लेख्नु पर्छ भन्ने दर्शनबाट प्रेरित कवि रोशन यक्सोले आफ्नो कुरालाई कवितामा शसक्त रुपले उठाएको पाइन्छ ।
 कविता गद्यमा लेखिएका भए पनि ख्याली, पालाम र हाक्पारे सुन्दै हुर्किएका कविका कविताहरु लयात्मक र संगितमय रहेका छन् । केहि बिम्बप्रतिकहरु पुनारवृत्ति हुनुलाई त्यति असहज नमानिए पनि क्रान्ति मनपराउने कविको कतैकतै भाग्यवाद भेटिन्दा अनौठो जस्तो लाग्दछ । कृतिभित्रको भाषा शैलि नियाल्दा निकै मिहिनेत साथ सम्पादन गरिएको बुझिन्छ ।
 अन्त्यमा कवि र कविता संग्रहको सफलताको शुभकामना साथ यसै कृतिमा कवि श्रवण मुकारुङले ब्लोरमा व्याक्त गरेका ब्लोरका अंश राख्दै लेखको विट मार्न चाहान्छु ।। 

´´....................। उनको कविताको क्यानभास फराकिलो र बेग्लै देखिएको छ । मानवता, प्रेम र पहिचान उनको कविताको पहिलो रचना हो । जुन स्वर याजको समयको पनि विकल्पहीन प्रस्तावना हो ।”
 (सम्झनाको चोमोलुङ्मा - ब्लोर, श्रवण मुकारुङ) 

सन्दर्भ सामग्री:
 १) सम्झनाको चोमोलुङ्मा (कविता संग्रह-२०८२, रोशन यक्सो) ।
 २) बुद्धले अस्त्र. (कविता संग्रह - २०५८, भूमिका-कृष्ण धरावाशी) ।
 ३) मूलसुब्बा .............(नेपाल मामिला, अनलाईन- २०८२ जेष्ठ ९,राजकुमार दिक्पाल) ।
 ४) कवि रोशन यक्सोसँग प्रत्यक्ष कुराकानी ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नेपाली मूल: प्रीतिको फूल (सम्युक्त गीतसंग्रह) लाई नियालेर हेर्दा
नेपाली मूल: प्रीतिको फूल (सम्युक्त गीतसंग्रह) लाई नियालेर हेर्दा
पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १३ मार्च २०२५
रमेश दियालीको भुसको आगो भित्र पसेर हेर्दा
रमेश दियालीको भुसको आगो भित्र पसेर हेर्दा
पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी - शनिबार १५ फेब्रुवरी २०२५
ईन्द्रकिल पहाडसँग’२०६८ यात्रा काव्य एक चर्चाः
ईन्द्रकिल पहाडसँग’२०६८ यात्रा काव्य एक चर्चाः
तारा विविध पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २९ नोभेम्बर २०२४