भरिया

बालकृष्ण गजुरेल /साहित्यमा स्माइल · जेठ ३१, २०८१ १०:५४ PM
Cover Image for News

                                                                  लघुकथा                                                                          

"ऊ त्यो भाइ ठिक छ । ज्यान तगडा छ । उसले सजिलै भारी बोक्छ ।" बिमललाई देखेर नेता जस्तो देखिने दुई भुँडेहरु बोले । बिमललाई झोला बोकाएर अन्नपूर्णा बेस क्याम्पको यात्रा सुरु भयो । पहिलो दिनको यात्रा नयाँ पुलबाट अगाडि बढ्यो । घोडेपानीमा पुगेर त्यो दिनको विश्राम भयो । जब काम सकियो उनी आफ्नै पारामा नयाँ पहिरन तथा ठाँटमा गीत गाउन थाले । सबैको प्रभाव बिमलमा पर्यो । ती नेता जस्ता देखिने श्वेत... हरुले भने- " भरिया भएर मालिकको भन्दा बढी ठाँट देखाउँदो रहेछ । यो भाइले औकात भुल्यो ।" नेताको कुराले होटल साहुनीको मन चसक्क चस्कियो । उनले मुख खोलिन्, मान्छेको स्तर ज्ञान तथा सिर्जनाले निर्धारण गर्दछ । भाइले भारी छोडी सक्नु भयो । आफ्नो निर्णय लिन नसक्नेहरुले समाजवाद, साम्यवाद र मार्क्सवादका भारी बोकेको देख्दा म अचम्म छु ।" हो हल्ला सुनेपछि जुठो भाँडा छोडेर फूलमती बोलिन्, " देश मालिकहरुले चलाएको भए पो जनताको बोध हुन्थ्यो ।"

  लेखक हेलम्बु - ६, सिन्धुपाल्चोकमा बसोबास गर्नुहुन्छ

ट्यागहरू:
सहित्य लघुकथा literature story
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भन्न देऊ न त !
भन्न देऊ न त !
धनराज गिरी पोष्ट - खगिन्द्रा खुसी - सोमबार ७ अक्टोबर २०२४
एडिक्ट
एडिक्ट
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शनिबार २१ सेप्टेम्बर २०२४
क्रान्ति
क्रान्ति
खगिन्द्रा खुसी - शुक्रबार १६ अगष्ट २०२४
अपाङ्ग कि सपाङ्ग  ?
अपाङ्ग कि सपाङ्ग ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३