कोल्पुको कलकल तीरमा
न मानको मोह
न अभिमानको स्वाङ्
कवित्व चेतनाको उछाल
छल छचल्किएझैँ
त्रिशुलीको तरङ्ग तालमा
पहाडको अनायास आरोहण
नदेखे कसैले
सम्भावित खतरा दुर्घटनाको
बार्दलीमा बसे पनि
कोठाभित्रै सिरकले
शरीर कसे पनि
तल दृश्य
भिरालो आटव्य
अनकन्टार भीरका
कापकापमा छाप राखेर
ग्रामीण सहजता
दिलको उज्यालो हाँसे पनि
अनवरत बगेको त्रिशुलीझैँ
निरन्तर छङ्छङाएको कोल्पुझैँ
हाड नै कलम बनेर
अक्षरका शरीरमा
भावनाको मन
थोरै भए पनि
अनुशासनको मस्तिष्क
प्रणयका पातपातबाट
प्रेमका शीतथोपा
तप्प तप्प चुहेका
देवकोटेली मिजासको मसी
मैदान छरिन्छ एकाएक
पहाड टक्कराउँछ एकाएक
पत्थर पग्लेर पानीमा
लयदार नागवेली परेको छ
त्रिशुली!
बिम्बदार गर्जन उफ्रिएको छ
कोल्पु!
आँसु चुहेर कुञ्जिनी
सुसाउँछे सल्ला
हर्ष भरेर इन्द्रेणी
आँसु पुच्छ गोरे
पहाडबाट प्रतिध्वनि
सञ्जीवनी सङ्गीत भर्छ
कोल्पुको कलकल तीरमा
गुलाफ झाङ्गे भीरमा!!
ट्यागहरू:
सहित्य
कविता
literature
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६