हाङयुगका कविताहरु´कृतिको लोकार्पण श्रमिकहरुसँग
हाङयुगका कविताहरु´कृतिको लोकार्पण श्रमिकहरुसँग
कवि हाङयुग अज्ञातको कविता सङ्ग्रह ´हाङयुगका कविताहरु´झापाको दमकमा सोमबार लोकार्पण गरिएको छ।
उनी सृजनशील अराजकताका एक अभियान्ता तथा साहित्य स्रष्टा हुन्।
श्रमिकहरुको सम्मानको लागि आफ्नो नयाँ कृति आफूले स्रष्टा अफसेट प्रेसमै विमोचन गर्ने र श्रमको सम्मान गर्ने हेतुले यसो गरेको कवि हाङयुगले बताए । लेखकले लेख्दैमा मात्र किताब पूर्ण रुपले तयारी नहुने र यसमा प्रेसका सम्पूर्ण श्रमिकहरुको हात रहने भएकाले पनि आफुले नयाँ ढङ्गबाट आफ्नो कृति लोकार्पण गरेको खुलासा गरे ।
कार्यक्रममा बोल्दै स्रष्टा पब्लिकेशनका अध्यक्ष सुन्दर कुरुपले हाङयुग अज्ञात जस्तो चिन्तकहरुको पुस्तक दमकले छाप्न पाउन हाम्रो अहोभाग्य रहेको बताए ।
कार्यक्रममा स्रष्टा पब्लिकेशनका महासचिव याम थुलुङले कार्यक्रम र कृतिलाई शुभकामना व्यक्त गरे ।श्रष्ठा पब्लिकेशनका सचिव राजकुमार सुब्बा अनिश्चितले कवि हाङयुगका कविता `उखु´ शीर्षकको वाचन गरेर कार्यक्रमको थालनी गरेका थिए भने कार्यक्रम स्रष्टा पब्लिकेशनका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उनका हालसम्म ६ वटा पुस्तक प्रकाशित छन्
रंगीन आविष्कर (२०००) कविताहरूको संकलन
ढुंगा मुडाको मान्छे (२००१)करङको हिरासत (२००३, २०१४ दोस्रो संस्करण)काकापिक (२००४)हङकङ (२०१४)आधा रातको ताङ्सिङ (२०१५)।