रवीन्द्र मिश्रको‘माथिको आदेश छ’ सार्वजनिक
राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ।
काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेनजी युवा र कवि मिश्रले संयुक्त रूपमा लोकार्पण गरे।
उनका अनुसार ‘माथिको आदेश छ’मा कविताहरू हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान हुन्। उनले थपे, ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्।’ उनले यसअघि तयार अर्को कवितासङ्ग्रहलाई थाती राखेर हिरासतको बसाइका क्रममा फुरेका कविता सार्वजनिक गरेको बताए। 
मिश्रको यो दोस्रो कविता सङ्ग्रह हो। उनको पहिलो कविता सङ्ग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो।