कर्मभू महान्
मातृभूमि पितृभूमि कर्मभू महान्
धर्मभूमि मोक्षभूमि पूण्यभू महान्
जहाँ पशुपति देवको पूण्य धाम छ
विश्वभरमा एकमात्र हिन्दु नाम छ
बुद्ध, जनक जानकीको जन्मभू महान्
मातृभूमि पितृभूमि कर्मभू महान्
धर्मभूमि ......................
जहाँ राष्ट्रधर्म बचाउन गोरखनाथ आउँछन्
स्वयम्भूले निरन्तरै सचेत दृष्टि राख्दछन्
मेची काली गण्डकी र कौशिकी महान्
मातृभूमि पितृभूमि कर्मभू महान्
धर्मभूमि ....................
जहाँ पृथ्वीनारायण खडा भई एकतामा बाँध्दछन्
अमरसिंह सहिद भई देशको नाम राख्दछन्
बलभद्र वीर भक्ति शुक्र आदि छन् महान्
मातृभूमि पितृभूमि कर्मभू महान्
धर्मभूमि ....................
ट्यागहरू:
सहित्य
संगित
literature
टिप्पणीहरू
कमल चन्द्र सापकोटा
२ बर्ष अगाडि
अतिनै राम्रो रचना। कविलाई हार्दिक श्रद्धाञ्जली।
सम्बन्धित पोस्टहरू
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५