कर्मभू महान्

डा.द्रोणकुमार उपाध्याय · असार १, २०८१ ११:५२ AM
Cover Image for News

मातृभूमि पितृभूमि कर्मभू महान्
धर्मभूमि मोक्षभूमि पूण्यभू महान्

जहाँ पशुपति देवको पूण्य धाम छ
विश्वभरमा एकमात्र हिन्दु नाम छ
बुद्ध, जनक जानकीको जन्मभू महान्
मातृभूमि पितृभूमि कर्मभू महान्
धर्मभूमि ......................

जहाँ राष्ट्रधर्म बचाउन गोरखनाथ आउँछन्
स्वयम्भूले निरन्तरै सचेत दृष्टि राख्दछन्
मेची काली गण्डकी र कौशिकी महान्
मातृभूमि पितृभूमि कर्मभू महान्
धर्मभूमि ....................

जहाँ पृथ्वीनारायण खडा भई एकतामा बाँध्दछन्
अमरसिंह सहिद भई देशको नाम राख्दछन्
बलभद्र वीर भक्ति शुक्र आदि छन् महान्
मातृभूमि पितृभूमि कर्मभू महान्
धर्मभूमि ....................

ट्यागहरू:
सहित्य संगित literature
टिप्पणीहरू
User
कमल चन्द्र सापकोटा
एक बर्ष अगाडि

अतिनै राम्रो रचना। कविलाई हार्दिक श्रद्धाञ्जली।

सम्बन्धित पोस्टहरू
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५
डा. नवराज लम्सालको गीत
डा. नवराज लम्सालको गीत
डा‍.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
तिम्रो सुन्दर आँखामा
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४