कलियुगका कृष्णहरू र प्रश्नहरू

सामना पहाड पोष्ट - खगिन्द्रा खुसी · साउन २२, २०८१ ८:२९ AM
Cover Image for News

सुन्न सक्छौ प्रश्नहरू
छौ यदि कतै भने
कलियुगका कृष्णहरू
छौ चुपचाप किन? 
द्रौपदीको चीरहरणमा 
कलियुगका भीष्मपितामहहरू पनि
कुर्लिने हुन् अझै कति
बस्तीका महलहरूमा
कपटी शकुनि र महत्वाकांक्षी धृतराष्ट्रहरू
अहो ! खुलेआम अझै कति
नङ्ग्याइरहने हुन् लाज
अभिमानी दुर्योधन र नकचरा दुशासनहरू ।
कहिलेसम्म थापिरहने हुन्
चेलीबेटी बेचबिखनका पसल
कलियुगका दानवीर कणर्हरू अनि
कहिलेसम्म झुमिरहने हुन् ?
दुर्व्यसनीको चक्रव्यूहमा
कलिला अभिमन्युहरू पनि ।
विवेक र स्वाभिमान
दाउ लगाउँदैछन् किन ?
उल्टो यो युगका युधिष्ठिरहरू
फरकफरक मूल्यमा
फरकफरक स्वादमा
भोग्दैछन् फरकफरक द्रौपदीहरु
वेबसाइटका भित्ताहरू
र सहरका गल्लीगल्लीहरूमा
खोज्दैछन् सेक्सी गर्ल किन?
बिचरा युधिष्ठिरका अनुजहरू
मर्यादाका साङ्लाहरूभित्र
कतिदिन थुनिएलान् अब
माता गान्धारी र कुन्तीहरू ?
नीतिशास्त्रका हरफहरू भित्र
कतिदिन चल्लान्
बिचरा नीतिवान् विदुरहरू
के अझै                                       
सत्यता र आदर्शको
पाठ सिकाइरहनन् कलियुगका
कृपाचार्य र द्रोणाचार्यहरू ?
आकाश, पृथ्वी, जल
वायु र तेज गर्दैछन् प्रश्न
के अब अर्को महाभारत
रोक्न सक्छन्
कलियुगका कृष्णहरू ?

 

 

ट्यागहरू:
सहित्य कविता literature sahitya svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५