सामाजिक विकास समाजद्वारा १८ कानुनविदहरु सम्मानित

खगिन्द्रा खुसी · कार्तिक २६, २०८३ ९:४० AM
Cover Image for News

२०८३ कात्तिक २५, झापा  ।
  शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा सामाजिक विकास समाज, अनामनगर, काठमाडौंले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 
समाजका अध्यक्ष ओम उप्रेतीको सभापतित्व तथा बागमती प्रदेशका पूर्व पर्यटन तथा संस्कृति मन्त्री माननीय दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त  कार्यक्रममा समाजको उद्देश्य, आदर्श र अभियानलाई सार्थक तुल्याउन कानुनी क्षेत्रबाट अतुलनीय सहयोग, महत्वपूर्ण योगदान, निःस्वार्थ सेवा तथा संस्थागत हितप्रतिको समर्पणको लागि डेढ दर्जन कानुनविदलाई सम्मान गरिएको थियो ।

फोटो
समाजले वरिष्ठ अधिवक्ताहरुमा  क्रमशः कृष्णप्रसाद भण्डारी, विश्वकान्त मैनाली, हरिहर दाहाल, सतिशकृष्ण खरेल, बोर्णबहादुर कार्की,  तुलसी भट्ट, मात्रिकाप्रसाद निरौला, हरिश्चन्द्रलाई सम्मान गरेको हो । 
यसैगरी अधिवक्ताहरुमा क्रमशः प्रा.डा. लक्ष्मीप्रसाद मैनाली, शंकर सुवेदी, विमल सुवेदी, हरि फुयाल, केदारप्रसाद दाहाल, बाबुराम दाहाल, सतिशकुमार झा, गुरुभक्त निरौला र  रक्ष रैका मगर रहनु भएको 
छ । 
उहाँहरुलाई प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष उप्रेती, माननीय शान्ता ढकाल, पूर्व सचिव माधव रेग्मी र पूर्व न्यायधीश युवराज सुवेदीलगायतले सम्मान गर्नु भएको थियो ।

फोटो
सम्मानितहरुलाई प्रदान गरिएको सम्मानपत्र वाचन र परिचय समाजका कार्यसमिति सदस्य राधेश्याम लेकालीले गर्नु भएको सो कार्यक्रममा समाजका उपाध्यक्ष गोपालकृष्ण गडत्तौलाले स्वागत एवं कार्यक्रमको महत्वमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, सभापति उप्रेती,  वरिष्ठ इतिहासविद सुरेन्द्र केसी., पूर्व सचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष माधव रेग्मी, समाजका संरक्षक पूर्व न्यायधीश युवराज सुवेदीलगायतले आआफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो भने सम्मानितहरुको तर्फबाट अधिवक्ता शंकर सुवेदीले मन्तव्य राख्दै सम्मानको लागि आभार व्यक्त गर्नु भएको थियो ।
फोटो
सामाजिक विकास समाजको सभाकक्षमा आयोजित सो कार्यक्रममा समाजका संरक्षक, सल्लाहकार, सदस्य, पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधि र सम्मजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रमको सहजीकरण समाजका महासचिव रक्ष रैका मगरले गर्नु भएको समाचार पत्रकार महासंघ नेपालका अध्यक्ष राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।

ट्यागहरू:
literature samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।