प्रा.डा.गङ्गाप्रसाद अधिकारीद्वारा लिखित तथा सङ्कलित कृति `झापा जिल्लाको नेपाली साहित्य´ प्रकाशित हुने
२६ कात्तिक, झापा । प्रा.डा.गङ्गाप्रसाद अधिकारीद्वारा लिखित तथा सङ्कलित कृति झापा जिल्लाको नेपाली साहित्य´ प्रकाशित हुने भएको छ ।
झापाको पाँच सय भन्दा बढी स्रष्टाहरुको नाम,परिचय योगदान तथा कृतिहरुको दस्तावेज रहेको सो कृति झापाको साहित्यिक इतिहासको ऐना रूपमा आउने भएको हो । आठ सयभन्दा बढी पृष्ठको यो विशाल कृति प्रकाशन गर्न छ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । सो सम्पूर्ण खर्च लेखक स्वयंले गर्न नसक्ने भएकोले लेखकले स्रष्टा तथा सहयोगी मनहरु समक्ष प्रकाशन सहयोगका लागि आह्वान गर्नुभएको छ । लेेखक अधिकारीले वि.सं.२०७८ सालबाट लेख्न सुरु गरेको यो कृति सुरु गरेको पाँच वर्ष पछि तयार भएको र यो कृति सम्पूर्ण झापाली साहित्यकारहरुको साझा सम्पति भएकोले यसलाई प्रकाशन गर्ने दायित्व पनि सबैको भएको हुँदा प्रकाशन खर्चमा सबैको साथको अपेक्षा राखेको कुरा जानकारी गराउनु भएको छ ।