भेषराज साहित्य प्रतिष्ठानद्वारा लक्ष्मी जयन्ती विशेष शृङ्खला सम्पन्न
कार्तिक २६ गते, झापा भेषराज साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्ती विशेष शृङ्खला सम्पन्न गरेको छ ।
वालिङ नगरपालिकाको सभाकक्षमा २३ गते सोमबार मासिक नियमित रचनावाचनको १०२ औँ शृङ्खलाका साथेै लीलाम्बर ढुङ्गानाको पछिल्लो कृति `स्मृतिका पाना र साहित्यका आयामको विमोचन कार्यक्रम सम्पन्न गरेको खबर हो ।
कार्यक्रमका प्रमुख अतिथि पं. आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानका संरक्षक साहित्यकार त्रिलोचन ढकालले देवकोटा र भेषजराज शर्माको साहित्यिक योगदानको चर्चा गर्दै लीलाम्बर ढुङ्गानाको विमोचित कृति पनि पठनीय रहेको कुरा जानकारी गराउनुभयो । कार्यक्रमका विशिष्ट अतिथिहरू पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, पुष्पलाल अध्ययन केन्द्र स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय नारायण मरासिनी डा. तुलसीप्रसाद खनाल प्रभास, नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर लगायतले देवकोटाको साहित्यिक, राजनैतिक एवम् सामाजिक योगदानका बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा विमोचित कृतिको समीक्षा गर्दै समीक्षकद्वय प्रा. डा. यमबहादुर पौडेल क्षत्री र डोलराज विकल्प डुम्रेले कृतिकार लीलाम्बर ढुङ्गानाको जीवनी, जागिरे जीवन र उहाँको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै उनको प्रस्तुत कृतिले उनलाई कुशल समीक्षकका रूपमा पनि स्थापित गराउन सफल हुने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथिहरू अनन्त अर्याल, ढालबहादुर केसी, गोपाल जिटी लगायतले कार्यक्रमको सफलताको शुभकामनाका साथै तिहार लगायतका चाडहरूको शुभकामना दिनुभयो कृतिकार लीलाम्बर ढुङ्गानाले आफ्नो कवितावाचन गर्दै आयोजक भेषजराज साहित्य प्रतिष्ठान र उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई आभार प्रकट गर्नुभएको थियो ।
समारोहमा स्याङ्जाका कविकवयित्रीहरू जयलाल सुवेदी, सीताराम अधिकारी, नारायणप्रसाद रेग्मी, शम्भु अर्याल, इन्द्रपाठक, दमकुमारी बगाले, पारिश्वर न्यौपाने, निलकण्ठ लम्साल, मिलन समीर, चक्रबहादुर पराजुली, ढालबहादुर केसी, कल्पना ढुङ्गाना, चिन्तु गिरी, सूर्यप्रसाद डुम्रे, खगेश्वर पाण्डे, मनिल रेग्मी, ममता रेग्मी, पूजा ढुङ्गाना, दिव्या शर्मा पौड्याल, सन्देश ढुङ्गाना, लक्ष्मी रेग्मी खनाल, टोलप्रसाद ढुङ्गाना, चूडामणि ढुङ्गाना, पोतप्रसाद ढुङ्गाना, सनतकुमार गैह्रे, प्रेमप्रसाद सुवेदी, डोलराज सुवेदी लगायतले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभयो । ।
भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले स्वागत गर्नुभएको थियो भने धन्यवाद सदस्य दीपक लम्सालले र सहजीकरण सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए । कार्यक्रम बिहान ११.३० बजे प्रारम्भ भएर बेलुका ५ बजे सकिएको थियो ।