गायक महेश्वर लामाको `गोर्खा हिल´ म्युजिक भिडियो” सार्वजनिक
झापा १६ असोज /गायक ,संगीतकार महेश्वर लामाको `गोर्खा हिल´ म्युजिक भिडियो” सार्वजनिक गरिएको छ।
म्युजिक भिडन्तमा महेश्वर लामा र दीक्षा राईको अभिनय देख्न सकिन्छ ।दार्जिलिङ हिमालयको यात्रा शब्द, संगीत गायन र भिडियोको माध्यमबाट एउटा प्रेम कथा देख्न सकिन्छ ।
“खरसाङ, दार्जिलिङ”का अग्ला पहाडी भूभागमाथि, जहाँ कञ्चनजङ्घाले हरेक सूर्योदयलाई नियालिरहेको हुन्छ, एउटा डाँडाको टाकुरामा दुई अपरिचितको भेट हुन्छ—र पूर्वी हिमालयका डाँडा, नदी, चियाबारी र प्राकृतिक दृश्यहरूबीच एउटा शान्त प्रेमकथा विस्तारै खुल्दै जान्छ।
“बतासिया लुप”को घुमाउरो रेलमार्गदेखि “तीस्ता” र “रङ्गीत”का नीलहरित पानीसम्म, “डेलो पार्क”को ऐतिहासिक प्राकृतिक परिवेशदेखि “पेशोक”का सुनौला चियाबारीसम्म, “गोर्खा हिल” पूर्वी हिमालयको भूमि, यहाँका मानिस र कहिल्यै पुरानो नहुने हिमाली सौन्दर्यप्रति समर्पित एउटा सिनेम्याटिक प्रेमपत्र हो यो म्युजिक भिडियो ।
भिडियो मिक्सिङ तथा मास्टरिङ किशोर थापा स्टुडियो एवान म्युजिसियन स्टुडियो, काठमाडौंको रहेको छ भने रेकर्डिङ मेलोडी म्युजिक स्टुडियो, खरसाङको रहेको छ।भिडियो निर्माण CRAYFX, निर्देशन तथा सम्पादन बी. सिंह र निर्माता मिङ्मा तामाङ रहेको रहेको छ।
जसले मौलिक नेपाली सङ्गीत र सिनेम्याटिकको माध्यमबाट प्रेमिल कथालाई दार्जिलिङको पर्यटकीय पहाडबाट विश्वभरका दर्शकसमक्ष पुर्याउने प्रयास गरिएको छ।संगीत संयोजक तथा म्युजिक मेलोडी खर्साङका निर्देशक लामाले गोर्खा हिल गीतलाई उचाइ दिएका छन्।
विगत दुई दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय महेश्वर लामा दार्जिलिङको खर्साङ निवासी अब्बल गायक तथा संगीतकार हुन् ।उनले दर्जनौ हिट गीत,गजलहरु गाइरहेका छन्।शब्दहरुमा प्राण भरिरहेका छन्।एकल प्रस्तुतिले स्रोता,दर्शन र शुभचिन्तकहरुको मन सफल भएका छन्।
खरसाङ, दार्जिलिङ र कालिम्पोङ पूर्वी हिमालयको मुटु-भरि छायाङ्कन गरिएको भिडियोलाई Melody Music Kurseong मार्फत सार्वजनिक गरिएको हो ।
दिवंगत कवि एवम् गीतकार मोतीप्रसाद शर्माका शब्दहरुमा स्वर ,संगीत र अभियानको माध्यमबाट महेश्वर लामाले गीतलाई जीवन्त बनाएका छन्।पहाडको अस्तित्व र चिनारीलाई फरक शैली अनि नेपाली भाकाको यो गीत अत्यन्तै मीठो र कर्णप्रिय बनेेको छ।
बहुमुखी प्रतिभाका धनी प्रिय गायक महेश्वर लामालाई यो मिठो प्रस्तुतिको लागि हार्दिक बधाई ।
भिडियो लिङ्क- https://youtu.be/clIgxdq-lP8