थैट् ! 'राजनीति'-काे ठाढै वेइज्जत हुने भैसक्याे यार !! - व्यंग्यनारान पाँडे
[माैसमी हास्य-व्यंग्य ]
कति ट्वाक ऐंठन-पानी सुइँठ्याएर चर्काे घाममा खल्खली हुँदै आएकाे गाैंथलीकाे बाऊ काेनि, सदा झैं सरासर पाँडेकाे बार्दलीमा उक्लियाे र टाेपी झिकेर अनुहार हम्किँदै भन्याे -" ओफ् ! कस्ताे ताताे घाम !...थानिए मेन कम्रेट भएसि पाटीले अरा'काे डिप्टी पूरा नगर्न मिलेन ! आज एक्कामर्निङ भद्रपुरकाे हाेल-टाेट्टल एरिआकाे भिजिटे चक्कर फिनिस गरेर तपैंकाँ बल्ल आइपुगिराख्या क्या !" पाँडेले साेध्याे -"केका लागि चक्कर लाइयाे त ?" उसले सासै नबिसाई भन्न थाल्याे-"आउँदाे अघामी थानिए सर्खारकाे एलेक्सिनकाे भाेट हुनेवाला छ र मलाई भद्रपुरकाे लाेकल मेयारकाे क्यान्डीडेड बनाउने सिकेन्स मिलाइँदैछ भन्ने गाेप्पे इन्फाेरमिसिन आइर'छ । 'बा मउसुप'-कै अड्डर हाे जैसाे बुजें । हुन ता, याे देसका निख्खुर र अर्जिनिल कमिनिसहेरू एकीकिर्त भ'र आन्नाेलन गर्ने अनि हामेरका 'बा मउसुप'-लाई फेरि-पुनहँ पर्दानमन्त्री बनाउने हल्लासँगै मलाई तिर्भुओन बिस्साेबिद्देलहेकाे उप्कुल्पति बनाउने त सिउरली नैे थ्याे भन्ने नहल्ला नभाकाे पनि काँ हाे र ? भद्रपुरकाे अैलेकाे थानिए सर्खारमा पुगेकाहेरूले पनि तलभ-भत्ता खाएर, सर्खारी गाडीमा सर्खारी पेट्टाेल खर्च गरेर टन्नसँगले राम्रैसित खेलकुद-रामरस, पइदल दउड, हख्खी-फुटगाेलका पर्तिजाेगिताहेरू गरेकै थे । उनेरू पनि अनेकउँ कल्पने याेजानाका नाममा भेला-बटुलाे नार्ने, भासन गर्ने, च्या-बिसुट नस्तामा पनि मन खाेलेरै खर्च गर्नेमा समेत एस्पाेटै थे । तर, पाटीउटीमा डिफरेन भएकाले मैले फिल्हाल नर्पाल्काकाे मेआर जितेर काम-कर्म गर्दै गर्नुपर्ने अन्तखेरी अलिकपछि साे-उक्त पदबड मलाई गेटाउट गरा'इटनेपलेर ठ्याक्कसँग तिर्भुओन बिस्साेबिद्देलहेमा लग्ने, ती क्या त, परहरीका आइजीप्पी दानबादुरजीलाई पर्दानमन्त्रीकाे सल्लाकारमा बढुआ गरे जैसै चालले काम-तमाम हुन्छ भन्ने बुजें मैले । र, एस पर्याेजिनका लागि याे नर्पाल्काकाे हालकाे सत्ताले के-के काम गराे भन्ने चैं पिटिस्सै हाेइन, के-के चैं गरेन भन्ने रिकट टिपाेट बना'र तेइ टिपाेटकाे रिकट सुगा रटाइ रटेर अैलेदेखुन् एलेक्सिनकाे ट्यामसम्मै भासनमा भन्न रेड्डी-ट्यानछ्यान हुन मलाई याे नर्पाल्काकाे रफ्फुचक्कर लाउने रेस्पन्सिबिलिटिककाे झ्याउलाे हामेरकाे पाटी मुख्खेलयबड आइलागिर'छ हओ !" .... उसका बहुला कुराले पाँडेलाई बेस्सरी हँसायाे तापनि उनीहरूका मूली नेताकाे आन्दाेलन गर्ने 'धामी-ढ्याङरे धम्की' सम्झेर केही तीताे पाेखिहाल्नु 'सिनाे काेट्याउनु' जस्ताे हुने ठानी पाँडेले फेरि मीठै स्वर काेरलेर साेध्याे-" के-के टिपाेट गरियाे त ?" खाेकी नलागी खाेकी लागेकाे भान पर्ने ढर्रा गरेपछि उसले भन्याे-" ए...नकुरा गरे हुन्छ ! कति ठाम त मान्छेका र गाई-बस्तुका गउँत र गाेबरले पूरै इन्डेकाे बेहार गनाउने भइसक्या पनि भेटें याे नर्पाल्काकाे भद्रपुर छेत्रमा । टडक-टेक्टरमा ओसार्दा डाइबर-गुर्जीहर्ले क्यारलेसै नगरी कुदाउँदा बाटामा च्या पत्तीका काँचा पातहरू झरेर काइँ-काइँ त च्याफ्लीमै पस्याे र पइतलामा कुत्कुती नै लागाे र पाइला राेकेर झिक्ने झ्यान्जठ पनि भाे, लु हेर्नु त ! बाटाहेरू बडारकुँडार गर्ने बेबस्ता ठ्याम्मै छैन र'छ ! उता प्रादेसिख हस्पिटाल बेहारकाे रेल इस्टेसिन जैसाे भइसक्या र'छ ! मान्छे ठिक्क मात्तै भित्र पस्ने बेबस्ता हुनुपर्दैनथ्याे ? राेगी नै राेगीकाे भीड भ'काे हस्पिटालभित्र पसेर निक्सिँदा साेयाम् आफै पाे राेग सङकर्मन भइक्ने डर लाग्ने भ'छ ! खानेपानीका पाएप गुहे पैनी कुद्ने भूइँमुनि गाडेका भेटें, ती नाला बाटाेभन्दा माथि अल्गाे खाँबामा अल्जा'र नर्बासीलाई चाेख्खाे पानी खाने मेलाे मिलाउन किन नसकेकाे ? फेरि राेगीलाई त चुराेस्-बेंडी, रक्सी-जाँड, हिराेनी, चर्रेस, बाउन् सुग्गरहेरू जैसा मातक जिनिस खान दिनु हुँदैन, लाै ठिक छ ! तर राेघी कुरूआ नराेघीले पनि ती जिनिस खान नपाउनु त अन्तखेरी ? हस्पिटाल छेउका बाट्बाटै सइनबुट राखेर तेस्ता जिनिस खान मनाइ गर्ने जैसाे सामान्ती अनियाँ गर्ने गरेकाे भेटें । तेसकै कारन तेस एरिआका पक्की घरहेरूमा मान्छे भाडामा बस्न आउनै छाेडे भन्'र कतिपए हाेइन धेरैपए घरधनीले मसित गुन्नासाेकाे लैबरी नै गाए, यार ! फेरि कतिपए बाटाका किनारमा कति मजाले गाई-बस्तु, बाख्रा-कुख्रा चरिराखेका ठामका जङ्गल फँडाएर धङ्स पारेछ नर्पाल्का सर्खारले र कतै-कतै चैं झारपात मार्ने बिखालु ओखति छर्किन ला'र जम्मै घाँस मारेर साेत्तर पारेकाे र'छ ! ल हेर त, पसुपन्छीसँग कस्ताे रीस गरेकाे ? झारमा बाँत्ने कीरा, गँड्याैला, फट्याङरा, भ्यागुता र घाँस चर्ने जीबजन्तुलाई कत्राे अपघात ! ती झारपात त अन्न-बालीका पराकिर्तिक मलका साेर्त पनि हुन भन्ने बाइलाेजिक पढेकाे म जैसाे एस्पट काेइ पनि नर्पाल्काकाे सर्खारमा नहुनु त उदेककै कुराे हाे नि ! बाट्बाटै बिजुलीकाे पाेलमा बाेल बालेर 'रातीकाे अँध्याराे'-काे चानस पारी 'हात मार्ने धन्धा' गर्ने बिचाराहेरूलाई अप्ठ्याराे पार्ने हाे त ?याे लाे'तन्त्र-गन्तन्त्राँ त सप्पैले बाँत्न पाउनुप्रछ नि गाँठे ! फेरि हेर न, अगि म आउँदा आउँदै बाटामा पगा भन्ने लामाे दाम्लाे ला'काे गाईले झन्नै हान्याे र भाग्ने हुँदा झन्नै लडेकाे म ! म साेयाम् बाटाेमा सुरच्छित छुइन भने याे नर्बासी जन्ताकाे सुरच्छाकाे ग्रान्टी खाेइ त ? कुक्कुरहेरूलाई खाने-सुत्ने र लेटिन घरहेरू खाेइ त ? याे कात्तिक मैनामा तिनका पारापिर्तिदेखुन्काे 'प्रम्प्रागत सामस्किर्तिक लीला' गर्ने खुल्ला ठामकाे बेबस्ता भ'काे मैले काइँ कतै देखिन त ?... फेरि हेर न, अब हुने हामेरकाे आन्नाेलनलाई चाइँने थाेत्रा जुत्ता-च्याफ्लीहरूकाे अभाउ हाेस् भनेरै ती बउमुल्ले जिनिस बाटा-घाटाबड बटुलेका फाेरमैलामा मिस्मट गर्दै टेक्टर खटा'र कता-कता लगेर फ्याँकाइएकाे पनि पाएँ मैले । ती जिनिसका माला उनेर पर्तेपच्छेका उमेरदारहर्लाई भिराइदिन कति चाइँथाे हामेरलाई हँ ?... हामेरकाे मित्रास्ट इण्डेकाे बेहार-बङगालतिराड कुँडाकर्कट-भाँघाटुटा खाेद्न आउने र एलेक्सिनकाे ट्याममा हामेरलाई भाेट दिने भाँघाटुटेलाई चाइँने माल फाेरमैलामा किन मिस्कट गरेर फ्याँकाका ? ती सप्पै साेरसार पारेर खाेला किनारमा फ्याँकाउनु भनेकाे हामेरूसित ती भाँघाटुटे भाेटर-भाेटर्नी भडकाउने खेल हाे कि हाेइन? तपैं नै भन त ! अथवा, इ जम्मै कुरा अैलेकाे भद्रपुर नर्पाल्का सर्खारका टाउकेहर्लाई उनेरकाे पाटीले देकाे निर्धेसन अन्सारै भइराख्या हाे । अथबा, अैले त मैले मिनेम्मम् परसेन मात्तै लिक गरें, मेस्सिम्मम् परसेन भन्न त आज ट्याम छैन । र, म अब तपैंसित फ्याट्टै फुटें पनि आजलाई, हइ त ! मलाई उखरमाउलै हतार छ ।".... बाेल्दाबाेल्दै गाैंथलीकाे बाऊ एकाएक हिड्याे । अनि ऊ एक्लै हात हल्लाउँदै र के-के भुन्भुनाउँदै गइरहेतिर हेर्दै पाँडेले मनमनमा भन्याे -"थैट् ! 'राजनीति'-काे ठाढै वेइज्जत हुने भैसक्याे यार ! कस्ताे जमाना आयाे-आयाे !!"....