गाता च्यातिएको पुस्तक

दिलिप घिमिरे · कार्तिक २०, २०८१ ५:१७ PM
Cover Image for News

गाता च्यातिएको पुस्तक 

               ✍️ देव बाँस्काेटा 

मेरो घरको टेवलमा एउटा गाता च्यातिएको किताब बषौँदेखि बेवारिसे अवस्थामा छ । न त त्यो किताबलाई आजसम्म कसैले उठाएर हेर्ने प्रयास गर्यो,न त पढ्ने । त्यो किताबमा ज्ञानी हुने कुरा लेखिएको पनि हुन सक्थ्यो ।

 धन कसरी कमाउने भन्ने बारेमा पनि लेखिएको हुन सक्थ्यो तर स्कुल जाँदा मात्र छोराछोरी बाठा हुन्छन् र जागिर खान्छन् भन्ने परम्परागत सोचका कारण, बुबाले मलाई टेबलमा राखिएको गाता च्यातिएको किताब पढ्ने अनुमति कहिल्यै दिनुभएन ।

बाबालाई थाहा थिएन स्कुलमा पढाईने शिक्षा एक औपचारिकता पुरा गर्न मात्र दिने शिक्षा हो भनेर । कुनै पनि बच्चालाई स्कुलमा पैसा कमाउने तरिका र पद्धति सिकाईदैन सायद यो कुरा मेरो बाबाले पहिले नै थाहा पाउनु भएको भए आज म टेबुलमा राखिएको गाता त्यातिएको किताब पढ्दै हुन्थें होला । 

 त्यो किताबमा म धनी बन्ने तरिका र ज्ञानी बन्ने उपाय सिकिरहेको हुन्थें होला । बेला-बेला किताबले पनि मनमनै भन्ने गर्थ्यो होला मलाई, पढ् बाबु म भित्र यति धेरै ज्ञान र अनुभवले भरिएका अनमोल भनाइहरु छन् । जुन सबै तिमीले ग्रहण गर्न सक्यौ भने तिमीले विश्व बदल्न सक्छौ भनेर तर मलाई अत्यन्तै महङ्गा दामका र नयाँ गाता भएका किताब बेस्मरी घोक्न लगाइयो रट्न लगाइयो ।

 जुन किताब पढ्नु र नपढ्नुको कुनै औचित्य थिएन । किन कि वर्तमान समयमा व्यावहारिक र सीपयुक्त किताबको खाँचो थियो, जुन कुरा मैले पढ्ने स्कुलका कुनै पनि किताबमा लेखिएको थिएन । स्नातक तह पढिरहेको मेरो साथी आज कुनै पनि नौलो ठाउँमा गएर प्रतिस्पर्धा गरेर जागिर खाने आँट गर्दैंन किन कि पढाइ सँगसँगै आउनु पर्ने ज्ञान र छवि उसले तल नै छोड्यो ।

              एक दिन मलाई मेरो साथीले सोध्यो म पनि जागिर गर्छु ।मलाई पनि जागिर खोजिदेन। मैले सोधें के मा ? मेरो प्रश्नमा अनुत्तरित हुँदै मेरो साथीले निरास हुँदै भन्यो जेमा भएपनि गर्छु,अर्कार्को घरमा बस्न बाहेक । शिक्षा त एउटा विश्व बदल्न सक्ने हतियार हो । तर आज स्नातक तह तेस्रो बर्षमा अध्ययन गर्ने मेरो साथी शिक्षित हो या अशिक्षित मलाई यस कुराले धेरैबेर एकोहोर्यायो । के यस्तो दिन पनि आउला त भनेर तपाईले कहिल्यै सोच्नुभयो ? एक पल्ट चिन्तन मनन् गर्नुहोस् त! तपाईलाई चित्त बुझ्छ ? 

अहिले आएर मलाई दु:ख त यस विषयमा लाग्छ कि मैले स्नातक लेभलसम्म आइपुग्दा करिव एक सय ओटा जति किताब पढें होला तर संस्कार र व्यावहारिक बन्नुुपर्छ भन्ने ज्ञान अझै पनि ममा कम रहेछ भन्ने कुरा चाल पाएँ । जीन्दगीमा जे जे गरियो र जे भयो यी सबै कुरालाई थाँती राख्दै अब एक पल्ट घरको टेबलमा राखेको गाता च्यातिएको किताबसँग मित्रता गाँस्ने निधो गरें ।
  किताबको पहिलो पानामा लेखिएको थियो,
 `महोदय !
 यदि तिमी मह संकलन गर्न चाहान्छौ भने मौरीको घारलाई कदापि भत्काउने दुस्साहस नगर्नु !´
  यो ज्ञान आज भन्दा १० बर्ष अगाडि नै यदि मैले हाँसिल गर्न सकेको भए, आज म १०जना मान्छेमा १ मान्छे गनिन्थें होला । सभा तथा सेमिनार तिर कालो कोट भिरेर जान्थें होला । सभामा समाज परिर्वतन गर्न सक्ने भाषण गरेर सबै दर्शक तथा श्रोतालाई खुशी बनाउँथें होला । तर विडम्बना समयमै सही ज्ञान र अनुभव लिन नपाउँदा आज धेरै पछुतो लागेको छ। गर्न खोज्नेहरुका लागि समय कहिल्यै बित्दैन भन्ने प्रवल सोच तथा संकल्पका साथ पछिल्लो समय आफुलाई पठन तथा लेखन दुबै साधनामा व्यस्त राखेको छु । महान् विद्वानहरुका विचार र सोचलाई आत्मसात गरेको छु ।
 विश्व तिनै मान्छेहरुले बदल्न सफल भए जसले कठिन परिस्थितिमा पनि सफलता देखेका थिए र स्त्रीप्रतिको मोहलाई त्यागेका थिए । 
 गाता चयातिएको किताबले मलाई लडेको बेला कसरी उठ्ने भन्ने सुत्र सिकायो, साहित्यको रसपान र अमृतमय ज्ञानका वाणीहरुले मेरो बिना हैसियत र विना औकातको विषाक्त सोचहरुलाई पखाल्ने साबुन भए जस्तै बिचार परिवर्तन गर्न बाध्य तुल्यायो । मलाई आज सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हैसियतको मान्छे बन्न लायक बनाउने गाता च्यातिएको किताब नै हो । 

 जब जब मलाई ज्ञानको घमण्ड हुन्छ तब मलाई गाता च्यातिएको बिताबले ढाड्स दिँदै,भन्छ ´ओए देवे तँ जति नै सुकै मै हुँ भन तर जुन दिन तँलाई समाजका मान्छेले पत्याउन छोड्छन् त्यो दिन तँ बाँचेर हिँडे पनि त्यसको कुनै पनि मुल्य हुने छैन बाबु भनेर।` 

तब म मेरो वास्तविक औकातमा ओर्लिन्छु र सरल शान्त अनि ज्ञानी बन्ने संकल्प गर्छु । धन कमाउने कैयौँ बाटाहरु छन् तर सबैभन्दा श्रेष्ठ बाटो त ज्ञान नै रहिछ भन्ने कुरा पत्ता लगाउँछु । आफ्नो उमेर नपुगिकन सबथोक पैसा नै हो भनेर बिचैमा पढाई छोड्नु भनेको वरदान नभई अभिषाप हो भन्ने कुरा मैले यहि गाता च्यातिएको पुस्तकबाट थाहा पाएँ। जस्ले स्कुलका र कलेजका पुस्तक बाहेक अरु पनि पुस्तक पढेर ज्ञानको भण्डारलाई बढाउँछ संसार उसैले परिवर्तन गर्छ । 

गाता च्यातिएर फालेको पुस्तक भित्र समावेश गरिएका शब्दहरुले मलाई आज एउटा वाक्य लेख्न सक्ने बनायो । त्यसलै पुस्तक पढ्नु र ज्ञान प्रप्त गर्नु भनेको धेरै समयको संघर्षपछि संविधान बनाउन सक्नु जत्तिकै अनमोल कुरा रहेछ। 

                       बिर्तामोड ,झापा 

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
पार्वतीको व्रतकथा–शंकरको व्यथा
पार्वतीको व्रतकथा–शंकरको व्यथा
कृष्ण सुवेदी 'निराकार' पोष्ट - खगिन्द्रा खुसी - बुधबार ४ सेप्टेम्बर २०२४
कर्माको पहिलो स्कुल
कर्माको पहिलो स्कुल
मिश्र वैजयन्ती पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
बालकथ- शत्रु
बालकथ- शत्रु
नन्दलाल आचार्य पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १३ अगष्ट २०२४
 फेसबुक च्याट
फेसबुक च्याट
रामकुमार पण्डित पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार ६ अगष्ट २०२४