डा.लेखनाथ न्यौपानेको 'स्वस्थ जीवन'कृति लोकार्पण

खगिन्द्रा खुसी · कार्तिक २, २०८२ ८:५० PM
Cover Image for News

दमकमा कृति लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । साहित्य कला सङ्गम दमकको आयोजनामा असोजको ३१ गते सम्पन्न भएको सो कार्यक्रममा डा.लेखनाथ न्यौपानेको स्वस्थ जीवन नामक कृति लोकार्पण, नियमित रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

फोटो
सङ्गमका अध्यक्ष बिन्दु दाहाल कदर्शकको सभाध्यक्षता, डा.तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्य तथा स्रस्टा तथा कलाकार लक्ष्मण गाम्नागेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख तथा विशेष अतिथिको बाहुलीबाट डा.लेखनाथ न्यौपानेको स्वस्थ जीवन नामक कृति लोकार्पण गरिएको थियो भने लोकार्पित कृतिको समीक्षा मेघबन्धु खनाल र गुरु पौडेलले गर्नु भएको थियो । उपस्थित स्रष्टा तथा सर्जकहरुबाट तिहारका शुभकामना सहितका तथा स्वतन्त्र रचना वाचन गरिएको थियो । कार्यक्रमको सन्चालन ओम खनालले गर्नुभएको थियो भने कार्यक्रम दमक स्थित दीपिनी आ.वि.मा सम्पन्न भएको थियो ।
फोटो

ट्यागहरू:
सहित्य कविता literature samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
ईरन राईको "चुडेल्नी"कथा सङ्ग्रहको बिमोचन
ईरन राईको "चुडेल्नी"कथा सङ्ग्रहको बिमोचन
खगिन्द्रा खुसी - शनिबार १८ अक्टोबर २०२५
‘सिमसारा’लाई ‘विमल गुरुङ कृति पुरस्कार’
‘सिमसारा’लाई ‘विमल गुरुङ कृति पुरस्कार’
खगिन्द्रा खुसी - मङ्गलबार १४ अक्टोबर २०२५
बिरहीको ‘मान्छे बेच्ने देश’ बिमोचन भयो
बिरहीको ‘मान्छे बेच्ने देश’ बिमोचन भयो
खगिन्द्रा खुसी - आइतबार १२ अक्टोबर २०२५