अमेरिकाको पेन्सिलभेनियामा ११६ औं देवकोटा जयन्ती सम्पन्न

पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्ग नजिक रहेको शहर ल्याङ्कास्टरमा १२ अक्टोबर २०२५ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती भव्य कार्यक्रम गरेर मनाइएको छ ।
नेपाली साहित्यमा स्वछन्दवादी धारका कवि देवकोटाको मुना मदन काव्य सर्वाधिक चर्चित कृति मानिन्छ ।
कार्यक्रमका प्रमुख अतिथि कवि एवम् साहित्यकार गण्डकीपुत्रले बालबालिकाको यो उत्साहपूर्ण सहभगीताले नेपाली भाषा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ भन्दै यस प्रकारका कार्यक्रमले भाषा र संस्कृति सधैंं जिवन्त रहने कुरा बताएका थिए ।
एउटै गीतमा २४ जना बालबालिकाले सामुहिक नृत्य प्रस्तुत गरेको कार्यक्रममा रौनकता प्रदान गरेको थिए । गायक एवम संगितकार दावा तामाङले गीत प्रस्तुत गरेका थिए भने कविहरु प्रेम घिमिरे र भगी फुँयालले कविता सुनाएका थिए । बाल कलाकारले तामाङ सेलो , मारुनी नृत्य र लोक नृत्यहरु प्रस्तुत गरेका थिए ।


