भारतका कृष्ण प्रधान, काठमाडौंका हरिप्रसाद शर्मा र विराटनगरका विवश पोखरेललाई भैरव पुरस्कार गुठीद्वारा पुरस्कृत

दिलिप घिमिरे · असोज २९, २०८२ ११:४६ PM
Cover Image for News

झापा २९ असोज नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधवार प्रदान गरेको छ । 

गुठीले आज एक कार्यक्रमका बीच २०८२ सालको भैरव पुरस्कार भारत—सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिएको हो । 

त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरियो । साथै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका साहित्य स्रष्टा विवश पोखरेललाई प्रदान गरिएको हो। 

गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले पुरस्कार प्रदान गर्नु भएको हो । 

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको बारेमा साहित्यकारहरू नरनाथ लुईटेल, के.के कर्माचार्य, प्रमोद प्रधानले परिचय गराउन भएको थियो ।उहाँहरूले  नेपाली साहित्यमा भैरव अर्यालको योगदान बारे समेत चर्चा गर्नु भएको थियो । 

कार्यक्रममा साहित्यकारहरू खगेन्द्र संग्रौला, गोविन्द घिमिरे ‘वेदमणि’ले अर्याल नेपाली व्यङ्ग्य साहित्यका अद्धितिय प्रतिभा भएको बताउनुभयो । पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गर्वको विषय भएको बताउनु भएको थियो । 



ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।