ईरन राईको "चुडेल्नी"कथा सङ्ग्रहको बिमोचन

आज बेलबारीमा भएको एक कार्यक्रममा साहित्यकार ईरन राईको कथा सङ्ग्रह "चुडेल्नी"को बिमोचन गरिएको छ . बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्य रहेको थियो . सगरमाथा इङ्ग्लिस स्कुल बेलबारीको सभाकक्षमा भएको सार्वजनीकरण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कुन्ता शर्माले कथा संग्रहलाई सार्वजनिक गर्नुभएको थियो ।




