जगदम्बा-श्री सम्मान र मदन पुरस्कार प्रदान

खगिन्द्रा खुसी · असोज ३०, २०८२ ५:४१ PM
Cover Image for News

नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको छ । 

असोज २६ गते आइताबार  पाटनस्थित कमलमणि थिएटर, पाटनढोकामा आयोजित कार्यक्रममा मदन पुरस्कार गुठीले विसं २०८१ का लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र कृति पुरस्कार स्रष्टालाई प्रदान गरेको हो । 

 कार्यक्रममा स्रष्टाद्वयलाई सम्मानपत्रका साथमा पुरस्कार राशि चार/चार लाख रुपियाँ प्रदान गरिएको थियो। संस्कृतिविद् प्रा.डा. वीणा पौड्यालले मन्तव्यका क्रममा  ‘कला, प्रतिभा र संरक्षण’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । उहाँले पुरातत्वले मानिसको विगतलाई प्रमाणसहित उजागर गर्ने भएकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो । 

फोटो
कार्यक्रममा ‘उरमाल’का लेखक काविमोले प्रेम र साहित्यको सिमाना नहुने भन्दै “साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय कुरासँग सम्बन्ध राख्ने गर्छ र आफू त्यही मान्छेभित्रको मान्छेलाई बचाइराख्नका निम्ति हरसमय लेखिरहन उत्प्रेरित हुन्छु ।” भन्ने धारणा ब्यक्त गर्नुभयो । काविमो भारतीय मूलका साहित्यकार हुनुहुन्छ  भने लोकभाकाका सङ्कलक/संरक्षक गिरीले कर्णालीको सुर्खेतमा जन्मेर विसं २०२५ देखि विधिवत् रङ्गमञ्चीय यात्रा सुरु गरेको र २०२९ देखि २०४१ सम्म राष्ट्रिय नाचघरमा रङ्गमञ्चीय कर्ममा जुटेको अनुभव बताउनुभएको थियो । उहाँले २०४३ देखि २०४५ सम्म रेडियो नेपालमा मादलको ताल दिँदै कर्णाली भेरीका दुर्गम गाउँबस्तीका लोकगीत र लोकभाकालाई सङ्कलन गर्दाको अनुभव सुनाउनुभयो ।

ट्यागहरू:
सहित्य कविता literature samachar sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।