नेपाली चलचित्रका महानायक राजेश हमालको‘युगदेखि युगसम्म’ बजारमा

दिलिप घिमिरे · असोज ३०, २०८२ ५:१४ PM
Cover Image for News

झापा ३०असोज /नेपाली चलचित्रका महानायक राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा डबलीमा सार्वजनिक गरिएको छ।
 पुस्तक विमोचन कार्यक्रममा अभिनेता हमाल स्वयंले पत्रकार तथा लेखक यज्ञशसँग मिलेर तयार गरिएको पुस्तक सार्वजनिक गरे।फाइन प्रिन्टले बजारमा ल्याएको हमालको पुस्तक बजारमा उपलब्ध हुनेछ । 
 ‘युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश’ शीर्षकको उक्त पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र क्षेत्रका अनुभव, संस्मरण, सामाजिक र व्यक्तिगत विचारहरू समेटिएका छन्। 

हमालका अनुसार पुस्तकमा राजनीति, धर्म र मनोविज्ञानसँग सम्बन्धित विषयहरू समेत समेटिएका छन्। उनले पुस्तक तयार गर्न करिब तीन वर्ष लागेको जानकारी दिए।

ट्यागहरू:
चलचित्र #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
ऐना हो म!
ऐना हो म!
Admin - शुक्रबार १ मार्च २०२४