पार्वतीको व्रतकथा–शंकरको व्यथा

कृष्ण सुवेदी 'निराकार' पोष्ट - खगिन्द्रा खुसी · भदौ १९, २०८१ ११:३६ PM
Cover Image for News

माइत जाने कुरामा ठाक्क–ठुक्क पर्यो शंकर र पार्वतीको ।

“यसपाली तीजमा माइत नजाँदा हुँदैन पार्वती ? प्रतेक वर्ष गएकी नै छ्यौ ! सँधै कति जान्छ्यौ ? यसपालीको तीज हामी घरमै मनाउन ल ?” शंकरले आफ्नी पत्नीलाई प्रस्ताव राख्यो ।

“कहाँ हुन्छ यस्तो कुरा गरेर ! अँ हँ तीजमान्न म त माइतै जान्छु । यहाँ रमाइलै हँुदैन, फेरी तीजको दिन पनि एकछिन फुर्सद हुँदैन, टुसुक्क बस्न पनि पाइँदैन ! सँधै काम ! काम ! काम ! कामैले फुर्सद हुँदैन ! आँखाले देखेपछि गर्नै प¥यो । बरु तीनदिन भएपनि ढुक्कले बस्न त पाइन्छ । हजुरको पनि अफिस छुट्टी हुँदैन, सप्पै काम आफैँले गर्नु पर्छ । मलाई कर नगर्नुस् है यो तीनदिन चैं ! म त माइतै जान्छु । अँ हँ मलाई धेरै जिद्धि नगर्नुस् है ! म त एक जान्छु ! दुई जान्छु ! तीन जान्छु !” 

यसरी पार्वतीले आफ्नो जिद्धि तेस्र्याइन पतिदेव शंकरलाई । पार्वतीको कुरा काट्दै शंकरले फेरी एकपटक सम्झाए “हेर पार्वती ! हाम्रो अड्डा छुट्टी छैन्, दश जना कर्मचारी मध्ये सात जना महिला कर्मचारी छन् हामी तीन जनाले अड्डा चलाउनु पर्छ । तीजको छुट्टी महिलाहरुको सुविधा हो, भोको पेट लिएर आउनुस् भन्ने पनि कुरै आएन ।” 

“नारी–पुरुष बराबरी भनेपछि छुट्टी चै किन नारीलाई मात्र दिनु पुरुषलाई पनि दिनु नी सरकारले त्यो दिन !” प्वाक्क बोलिन पार्वतीले ।

“हेर पार्वती–यो त नारीहरुकै कमजोरी हो ! घर चलाउन नारी–पुरुष दुवैको बराबरी सहभागिता हुनुपर्छ भन्ने नारीहरु–किन आज पुरुषलाई पनि तीजमा छुट्टी दिनु पर्छ भनेर आवाज उठाँउदैनन् ? हामी माइत जाँदा घरको हेर विचार गर्न पुरुषहरुलाई पनि छुट्टी हुनै पर्छ भनेर किन नारीहरु आन्दोलन गर्दैनन् ? एकसाल बरु तीजमा माइतै जाँदैनौं हामी भनेर किन बहिस्कार गर्दैनन् नारीहरु । यति गरेदेखि अनि अर्को साल देखि त नाककाचाल्ले सरकारले छुट्टी गरिहाल्थ्यो नी ! बरु तिमी चैं यसैपालीदेखि ‘आफ्नै घरमा पनि तीज रमाइलो हुँदोरहेछ’ भनेर ‘नमुना’ बनेर देखाई देउ न ल पार्वती ?” शंकरले हाँस्दै भने पार्वतीलाई ।

शंकरले जति नै अनुनय विनय गरे पनि पार्वती तीजको अघिल्लो दिन माइत गएरै छाडिन् । उनको जिद्धिपनको अगाडी शंकरको केही जोड चलेन ।

शंकरले तीजको दिन बिहानै उठेर घर–आँगन बडा¥यो । दैलो–अगेनो लिप–पोत ग¥यो ।  गोबर सोहो¥यो, गाईलाई खोले (कुँडो) ख्वायो । गाई दुह्यो । नुवाई–धुवाई ग¥यो । धूप सल्कायो । पानी ल्यायो । दुध ततायो । चिया पकायो । खायो । कोठे बारीमा गएर तरकारी टिपेर ल्यायो । केलायो । काट्यो । चामल केलायो । भात बसायो । लुगा धुन थाल्यो । भात डढ्यो र गन्हायो । हत्तार–हत्तार भात झिकेर तरकारी बसायो । त्यत्तिनैखेर एउटा साथी टुप्लुम्म आइपुग्यो, उसको स्वागतार्थ चिया पकायो । तरकारी कचल्टीयो, फेरी बसायो । झ्यार्रर आकाशबाट बाहिर पानी बर्सियो । कुद्देर गएर कोठाको झ्यालहरु लगायो । फसरेल्ल ओच्छ्यान देख्यो । ओच्छयान मिलाउन थाल्यो । तरकारी निकाल्न विर्सियो, तरकारी पनि डढ्यो । थुक्क ! भात पनि डढ्यो–तरकारी पनि डढ्यो भन्दै हत्तारिँदै कराई निकाल्यो च्वास्स हात पोल्यो । आत्था ! भन्दै पोलेको औंलो झ्वाम्म मुखमा हाल्यो । एकछिन चुस्यो । हात धोयो । थाल कचौरा ठीक पा¥यो । घैलाबाट पानी सा¥यो । कालो तरकारी र तीलकाने भात मुछेर क्वाप्प खायो । भात तीतो भयो, भुइँमा थ्वाक्क थुक्यो । जुरुक्क उठ्यो । हात मुख चुठ्यो । एस्सो घडी हे¥यो । पौने एघार हुन लागेछ, हत्तार–हत्तार सर्ट लगायो । पेण्ट भिर्यो । धत्तेरिका कस्तो बिर्सिएँछु भन्दै कुद्देर जाकमा पराल तान्न गयो । छ्यास्स गाईलाई पराल हाल्यो । घरमा ताला ठोकेर–थोत्रे ब्याग बोकेर दौडँदै अड्डा पुग्यो । कसैसँग चाइँ–चुइँ नगरी काममा बस्यो । चेक, पासबुक, भौचरमा आँखा नचायो अनि काम गर्न थाल्यो ।

                निकै बेर पछि शंकरको पेट कटक्क ग¥यो । भोक लाग्यो । खुइँऽऽय गर्यो । झ्यालबाट एसो आँखा बाहिर निकालेर इशानकोण तर्फ नचायो । पानी झर्नै लागेजस्तो धाम्म–धुम्म मौसम देख्यो । फेरी घडी हेर्यो दुई बज्न लागेछ । घर सम्झियो गाई–बाच्छा सम्झियो । लुगा बाहिरै छ, जुठो भाँडा हाँसी रहेको छ त्यो पनि सम्झियो । सबैकुरा सम्झिएपछि हाकिमको कोठामा गएर उभिंदै टाउको कन्याउँदै भन्यो–

     “सर ! आज अलि छिट्टै घर जान छुट्टी माँगौंकि भनेर आको !” 

“शंकर जी ! तपाई आउन पनि ढीलो, जान पनि छिट्टै ? आज कर्मचारी संख्या कम छ भन्ने थाहा छैन तपाईलाई ? आज छुट्टी हुँदैन शंकर जी ! बुझ्नु भो ! जानुस काम गर्नुस !” भन्दै हाकिमले सात्तो लिए शंकरको ।

त्यत्तिनै खेर नराम्ररी मेघ गर्जीयो चट्याङ नै पर्ला जस्तो गरी । शंकर ओल्लो कोठामा आयो र ठिङ्ग उभिएर सोच्नथाल्यो ‘ठूलो पानी प¥यो भने, यदि खोलो वाडी आयो भने, तर्न सकिएन भने र आज घर पुगिएन भन,े कतै अपर्झट कफ्र्र्यू लाग्यो भने, बाटो अवरोध भयो भने, कसैले सडकमा टायर बाले भने, बाटामा रुख ढाले भने मेरो गाईको विजोग हुन्छ । गाई म¥यो भने पन्ध्र हज्जार डुब्छ । बाच्छी म¥यो भने पाँच हज्जार डुब्छ । बिस हज्जार नास हुन्छ,....! कृषी विकास बैंकको गाई खरिदको ऋण, घाँस–पराल, जुठो भाँडो, लुगा–फाटो एकै चोटी–एकै छिनमा सम्झियो शंकरले र एउटा सादा कागजमा हत्तार–हत्तार बिदा लेख्यो र हाकिमको अगाडी फेरी पुग्यो ।

“सर ! श्रीमती माइत गएकी छिन गाईवस्तु–बाख्रापाठाको विजोक छ ! घरमा कोही छैनन् ! म.....जानै पर्ने भो !” भन्दै हाकिमको अगाडी टेबलमा आधा दिनको निवेदन तेस्र्याएर कुलेलम ठोक्यो उ त्यहाँबाट ।

यतिखेर शंकरको मनमा घरको चिन्ता र हाकिमको रिस एकै ठाँउमा गुजुल्टिएको छ । बाटो काट्ने क्रममा उ मनमनै सोच्दै–अघि बढ्दैथियो । ‘मैले आफ्नो घर–व्यवहार चलाउन, खाँचो–गल्जो टार्न पो यो जागिर खाको त, अड्डा चलाउन हो र ! देश चलाउने टाउकेनेताहरुले त गति छाडिसके भने, आऽऽ.....हामीलाई मात्रै याँ के को मरिहत्ते ! महिलाहरुले चैं पुरै दिन छुट्टी पाँउदा हामीले चैं आधा दिन पनि नपाउनु, आखिर आज मेरो पनि ‘वर्तै’ जस्तो त छ नी ! एक कप चिया भन्दा बढी के पो खाकोछु र ! एक गाँस डढेको भात मुखमा हालेथें त्यो पनि थुकिंहालें !’ भन्दै उ अघि बढी रहेको थियो ।

शंकर घरमा आयो । उसैको प्रतिक्षामा रहेका सबै कामहरु प्राथमिकताको आधारमा सबै सक्यो । काम सक्दा रातीको आठ बजी सकेको थियो । शंकरले भात बसायो, ‘ला ! आज तरकारी छैन !’ भन्दै चम्चाले अलिकति नुन निकाल्यो भाँडोबाट र थालको एक छेउमा राख्यो । भात पस्कियो । मोही र भात नुनसँग चोबेर खपाखपअघौंजी खायो ।

धन्दा सकेर आफ्नो ओच्छ्यानमा आएर पल्टियो शंकर, अनि सोच्न थाल्यो तीजको महत्व बारे । सोच्ने क्रममा यो पनि सोच्यो उसले–श्रीमानको आयु बढाउन, श्रीमानको सुख–शान्ति र सन्तोषका लागि लिइने तीजको यो ब्रत ‘के मेरा लागी आज समय–सन्दर्भ अनि  समय सापेक्ष, सार्थक र सान्दर्भिक छ त ?’ छैन ! आफैले उत्तर निकाल्यो । फेरी आजको दिनभरीको आफ्नो दैनिकी सम्झँदै आफैलाई फेरी प्रश्न ग¥यो– अनि के–का लागि त यो ब्रत ! अब उ निरुत्तरित भयो ।

“हे भगवान ! हे शिव । लु हेर त आज यो उज्यालो भएदेखि–अस्तय सम्मको मेरो हालत ! अझ यस्तो पर्व औसी–पूर्णिमा आए झैं महिना–पन्ध्र दिनपिच्छे आउने हो भने श्रीमानलाई सुख हुन्थ्यो कि दुख ?श्रीमानको आयु बढ्थ्यो कि घट्थ्यो ? लु तिमी आफैं मुल्याङ्कन गर त भगवान । बरु यो तीजको दिन सबैलाई छुट्टीहोस्, अनि हातभरी चुरा बजाउँदै रातो साडी लगाएर, धेरै तडक–भडक गर–गहना नलगाईकन आफ्नै घरमा महिलाहरुले बाहिर–भित्र गर्नु । पूजा–आजा गर्नु । जान मन लागे मन्दिर जानु । अनि दुध, चिया, फलफूल, हर्लिक्स, जुस, सर्वत, काँडापानी इच्छा अनुसार र आफ्नो गच्छे अनुसार खानु, श्रीमानलाई पनि ख्वाउनु । घरका सबै जहान–परिवार वरीपरि बसेर मीठा–मीठा गफ गर्नु । घाम अस्ताएपछि श्रीमान्को मन शान्ति पार्न कै लागि भए पनि बरु श्रीमानकै हातले बनाएको मीठो भोजन सबैजना वरिपरी बसेर खाने चलन चलाई देउ न हे ईश्वर !” भन्दै शंकर पुकारी रहेको थियो शिवजीलाई ।

दिनभरिको थकाइले होला एक पटक लामो हाईऽऽऽ गर्यो शंकरले र अन्तिम सुझाव पनि दियो भगवानहरुलाई–“हे शिव, हे पशुपतिनाथ, हे राम, हे कृष्ण, हे बामन अवतार भागवत ! यो रात–दिनको नेपाल बन्द चक्का जाम, हडताल, पेन डाउन, चक डाउन, टायर ज्वलन आन्दोलन, सडक अवरुद्ध, कालोपट्टी आदि–इत्यादि हुदाँ त देश चलेकै छ भने तीज, पंचमी लगायतका हाम्रा यी महान राष्ट्रिय चाडपर्वहरुमा सबैलाई ‘थोक’ विदा दिए के आपत्ति छ त सरकारलाई ? हामी कर्मचारीले भनेको कुरा सरकारले पनि मान्दैंन ! आफू ज्ञानलेपनि जान्दैन । हे ईश्वर ! अब आइन्दा हाम्रो देशको बिदा थप–घट हुँदा नयाँ संविधान निर्माण हुँदा यसो ‘क्याविनेटको बैठक हुँदा अलिकति यस्ता खालका जनताको कुरा, कर्मचारीका कुरा घर–परिवारको कुरा अनि सँधै शान्ति भित्र्याउने कुरामा पनि विचार पुर्याई दिनु है अब उप्रान्त ! भन्दै भगवानलाई सोर्स लगाउँदै लुटुक्क निदायो शंकर ।

 

रचना मितिः–२०६१/५/३१ गते

                             ०००

 

 

ट्यागहरू:
सहित्य samachar puraskar svikarokti bal srijana
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कर्माको पहिलो स्कुल
कर्माको पहिलो स्कुल
मिश्र वैजयन्ती पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
बालकथ- शत्रु
बालकथ- शत्रु
नन्दलाल आचार्य पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १३ अगष्ट २०२४
 फेसबुक च्याट
फेसबुक च्याट
रामकुमार पण्डित पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार ६ अगष्ट २०२४