चर्केको मुटु केले टाल्नु
चर्केको मुटु केले टाल्नु आँशुले टाल्दैन
म हाँसूँ पनि कसरी हाँसूँ दुखाइ नै घट्दैन
हाँसिदिऊँ भन्छु पाइलाले तर काँडामा टेक्दछ
दौडन खोज्छु, मनले सधैँ बोझ नै बोक्दछ
नहिँडूँ भने कहाँ बसूँ म, हिँडूँ त कुन बाटो
अगाडि जाऊँ बाटैले छेक्छ पछाडि ठाउँ छैन
बाँचिरहूँ भने हरेक सासमा जीवन नै दुख्दछ
नबाँची पनि भएको छैन मृत्युले छेक्दछ
कसलाई सोधूँ दोधारमा यस्तो के गरूँ अब म
मान्छेको कुरा परै जाओस् छाया नि बोल्दैन
- सुमन पोखरेल
ट्यागहरू:
सहित्य
literature
sahitya
puraskar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५