चर्केको मुटु केले टाल्नु
चर्केको मुटु केले टाल्नु आँशुले टाल्दैन
म हाँसूँ पनि कसरी हाँसूँ दुखाइ नै घट्दैन
हाँसिदिऊँ भन्छु पाइलाले तर काँडामा टेक्दछ
दौडन खोज्छु, मनले सधैँ बोझ नै बोक्दछ
नहिँडूँ भने कहाँ बसूँ म, हिँडूँ त कुन बाटो
अगाडि जाऊँ बाटैले छेक्छ पछाडि ठाउँ छैन
बाँचिरहूँ भने हरेक सासमा जीवन नै दुख्दछ
नबाँची पनि भएको छैन मृत्युले छेक्दछ
कसलाई सोधूँ दोधारमा यस्तो के गरूँ अब म
मान्छेको कुरा परै जाओस् छाया नि बोल्दैन
- सुमन पोखरेल
ट्यागहरू:
सहित्य
literature
sahitya
puraskar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५
डा. नवराज लम्सालको गीत
डा.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४