चिराग चैतन्यको छन्द कविता प्रणय सिन्धु हौ ...

चिराग चैतन्य · मंसिर १४, २०८३ ९:०० PM
Cover Image for News

हृदयबासिनी प्रेम पुञ्जिका
दुख निवारिणी प्रेयषी सखा
शिखर चुम्दछ्यौ हार मान्दिनौ
प्रणय सिन्धु हौ शालिनी शिवा ।

चपल पल्लवी चञ्चली चली
समिर सर्सरी निर्झरी झरी
महक मग्मगी मञ्जरी मुना
प्रणय सिन्धु हौ शालिनी शिवा ।

विहग वागमा नाच्दछ्यौ तिमी
अटल हैम झैं  हाँस्दछ्यौ तिमी
नगय मिर्गिणी सत्य सेविका
प्रणय सिन्धु हौ शालिनी शिवा ।

चहक चन्द्रिका रातमा तिमी 
गगन इन्द्रणी प्रातमा तिमी
जलध जिन्दगी रामकी सीता
प्रणय सिन्धु हौ शालिनी शिवा। 

अमर प्रेममा  शैलकी शीर
धन र धान्यकी दानकी वीर 
सय र लाखमा एक नै तिमी 
प्रणय सिधु हौ शालिनी शिवा ।

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
ढुङ्गामा कुँदिएको वंश परम्परा
ढुङ्गामा कुँदिएको वंश परम्परा
मुक्तिप्रसाद तिम्सिना पोष्ट-दिलिप घिमिरे - आइतबार ६ सेप्टेम्बर २०२६
बुद्ध, मुक्त ऊ बन्दछ
बुद्ध, मुक्त ऊ बन्दछ
हरिभक्त सिग्देल 'महेश' पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५
देशको सान
देशको सान
कल्पना काफ्ले पोष्ट -खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४