सिर्जनामा इनरुवामा कवि रेखा सुवेदीसहित विभिन्न स्रष्टा सम्मानित

खगिन्द्रा खुसी · मंसिर १४, २०८३ ९:३० PM
Cover Image for News

१३ मंसिर,झापा । मिति २०८३ /८ /१२ गते शनिबारका दिन सिर्जनामा इनरुवाको पाँचौं साधारण सभा सभ्य ,भव्य र दिव्य रूपले सम्पन्न भएको छ।सचिव तथा उद्घोषक रमेन्द्र कोइरालाबाट सिर्जनामा इनरुवा साहित्य कला र संस्कृति मिलेर एक सुत्रमा गरौँ साधना र उन्नतिको नाराबाट सुरु भएको कार्यक्रमको सभापतिको आसन ग्रहण लिलानाथ सिलवाल ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रा.डा .रमेश घिमिरे हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा गोपाल कोइराला त्यागी, बाबुराम पोखरेल, सुनसरी बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख लीला आपगाईं , वरिष्ठ नाटककर्मी तथा कवि भरत गुरागाईं बर्बरिक, छविनाथ रिजाल,शशीप्रसाद बजगाई,जीवनाथ पोख्रेल पन्छी हुनुहुन्थ्यो । पुरस्कृत स्रष्टाहरु, सम्मानित स्रष्टाहरू, सल्लाहकारहरु समितिका पदाधिकारीहरू,आजीवन सदस्यहरू तथा अतिथिहरूको आसन ग्रहण पश्चात राष्ट्रिय गान ,मौनधारण र गमलामा पानी राखेर उद्घाटन गर्दै स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो। राधा सुवेदीले स्वागत मन्तव्य र उमा खतिवडाले स्वागत गीत गाउनुभएको थियो। यसरी कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा विभिन्न महानुभावहरुले २९ वटा प्रमाणपत्र ग्रहण गर्नुभएको थियो।कार्यक्रमका विशेष प्रस्तुतिहरू

क)पुरस्कृत स्रष्टाहरूको नामावली

१. सिर्जनामा इनरुवा साहित्य पुरस्कार -गोर्खे साइलो चितवन,२. रमेन्द्र- सावित्री लघुकथा पुरस्कार -तुलसीहरी कोइराला काठमाडौँ,३.खेत-गंगा सिलवाल स्मृति साहित्य पुरस्कार -केशु बिरही बेलबारीउहाँहरूको बारेमा डमरुबल्लभ भण्डारी ,भरत बर्बरिक र रमेन्द्र कोइरालाले बोलेका थिए।

ख)सम्मानित व्यक्तित्वहरू:

विभिन्न विधाका निम्न १० व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

१. हरिप्रसाद बराल विराटनगर२. हरि कट्टेल विराटनगर३. ऋषि तिवारी विराटनगर ४.मिना श्रेष्ठ (सबि )विराटनगर।५. युवराज ठकुरी केराबारी६. सञ्जीव कटवाल इटहरी ७.जोटन मेता इनरुवा ८.प्रकाश अनुराग इनरुवा ९.युवराज दाहाल इनरुवा बबिया१०.रेखा सुवेदी बेलबारी

फोटो
उहाँहरूको बारेमा डमरुबल्लभ भण्डारी र रमेन्द्र कोइरालाले बोलेका थिए।

ग) आजीवन सदस्य:

आजीवन सदस्यको प्रमाणपत्र पाउने हरू १.कुमार श्रेष्ठ विराटनगर २.केशव रिजाल विराटनगर इटहरी३. पुण्य प्रसाद चौलागाईं इटहरी४. कृष्णप्रसाद गौतम इटहरी५. कविराज घिमिरे इनरुवा ६.क्षेत्र काफ्ले विराटचोक

घ )पुरस्कार संस्थापकहरूले पाएको प्रमाणपत्र

१. सिर्जनामा इनरुवा उत्कृष्ट सम्मान–पत्र

सचिव रमेन्द्र कोइराला इनरुवा -९, बबिया,सुनसरीले साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुर्‍याउने उद्देश्यले २०८१ सालदेखि लघुकथाको विकासको लागि रमेन्द्र -सावित्री लघुकथा पुरस्कार स्थापनार्थ रू ५१०००/(एकावन हजार )को अक्षयकोष र आएको व्याजमा थपेर रू ५५५५/ पुरस्कार र २०८२ साल देखि संयुक्तरूपमा सिर्जनामा इनरुवा साहित्य पुरस्कार स्थापनार्थ अक्षयकोष खडा गर्न रु ११०००/(एघार हजार ) प्रदान गर्ने गरी पुरस्कार स्थापना गर्नुभएकोले सिर्जनामा इनरुवा उत्कृष्ट सम्मान–पत्र प्रदान गरिएको छ ।

२ . सिर्जनामा इनरुवा उत्कृष्ट सम्मान–पत्रअध्यक्ष लिलानाथ सिलवालले साहित्य, कला रसंस्कृतिको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुर्‍याउने उद्देश्यले २०८२ देखि संयुक्तरूपमा सिर्जनामा इनरुवा साहित्य पुरस्कार स्थापनार्थ अक्षयकोष खडा गर्न रु ११०००/(एघार हजार ) र २०८३ देखि स्व. मातापिताको नाममा खेद -गंगा सिलवाल स्मृति साहित्य पुरस्कार स्थापनार्थ रू १०००००/(एक लाख )को अक्षयकोष र आएको व्याजमा थपेर रू ३१००/ पुरस्कार प्रदान गर्ने गरी पुरस्कार स्थापना गर्नुभएकोले सिर्जनामा इनरुवा उत्कृष्ट सम्मान–पत्र प्रदान गरिएको छ ।

३.सिर्जनामा इनरुवा उत्कृष्ट सम्मान–पत्र पाउने(८जना )

१).डम्बरुवल्लभ भण्डारी इनरुवा ५ बलाहा२. )रमेश श्रेष्ठ इनरुवा- ३ ( वार्ड अध्यक्ष )३)जीवनाथ पोखरेल पन्छी इनरुवा- ५ बलाहा,४) निर्मला भट्टराई कोइराला इनरुवा -५बलाहा ,५)शशीप्रसाद बजगाई इनरुवा - ६ ,बस चोक,६)मिरा पोख्रेल इनरुवा -५, बलाहा ,७)टंक भेटवाल ,इटहरी, सुनसरी,८)टीका शिवाकोटी ,इनरुवा -३

फोटो
साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुर्‍याउने उद्देश्यले यहाँले २०८२ देखि संयुक्तरूपमा सिर्जनामा इनरुवा साहित्य पुरस्कार स्थापनार्थ अक्षयकोष खडा गर्न रु ११०००/(एघार हजार ) प्रदान गरी१००००० एक लाखको पुरस्कार स्थापना गर्नुभए सिर्जनामा इनरुवा उत्कृष्ट सम्मान–पत्र प्रदान गरिएको छ ।

ङ) नृत्य : शिक्षक तथा संस्थाकि कोषाध्यक्ष यशोदा आचार्यको पहलमा नवयुग एकेडेमीका विद्यार्थीहरूबाट गरिएको दुर्गा उग्ररूप नृत्यले दर्शकहरूको मन मोहित गरेको थियो ।च)नमूना नारायण भजन किर्तन समूहले आकर्षक भजन प्रस्तुत गरेको थियो६.) वक्तव्य :डम्बरूवल्लभ भन्डारी ,भरत गुरागाई बर्बरिक, बाबुराम पोखरेल ,गोर्खे साइलो ,तुलसी हरि कोइराला, केशु बिरही, हरि कट्टेल ,हरि बराल ,मिना श्रेष्ठ सबी आदि ।७) अन्य उपस्थिति : इनरुवा ,बिराटनगर ,इटहरी ,धरान,बेलबारी,केराबारी,झोराहाट आदि ठाउँबाट निम्न संस्थाहरू उपस्थित हुनुभएको थियो। सितोस पोख्रेल ,रोशन पराजुली, शुक्रराज कुँवर ,कालिदास कोइराला, टंक भेटवाल, शिवनारायण पण्डित,संस्थाका सल्लाहकारहरू छबिनाथ रिजाल,सागर तिम्सिना ,डम्बरूवल्ल्भ भण्डारी ,अध्यक्ष लिला सिलवाल, सचिव रमेन्द्र कोइराला, उपाध्यक्ष राधा सुवेदी, कोषाध्यक्ष यशोदा अधिकारी ,सहसचिव प्रकाश अनुराग, सदस्यहरू द्वारिका प्रसाद पोखरेल, कान्ता भट्टराई ,किरण मेहता ,कविराज घिमिरे, विष्णु दाहाल,अर्जुन दाहाल रहनु भएको थियो । त्यस्तै अतिथिहरूमा भूपाल अधिकारी, तारा श्रेष्ठ ,सुशिला दंगाल ,फणेन्द्र प्रसाद दाहाल ,दिपेश दास, कृष्णप्रसाद नेपाल नानुमैया दाहाल शारदा भट्टराई अंशु गुप्ता। भवानी प्रसाद पोखरेल, रेनु सिलवाल, उमा खतिवडा, निर्मला भट्टराई ,खेमराज आचार्य ,नवीन थापा क्षेत्री, यादव भट्टराई, र रङ्गलाल भट्टराई ,पवित्रा मेहेता, टंकराजवंशी, सविना श्रेष्ठ ,सावित्री कोइराला ,अम्बिका पहाडी ,आएसा आचार्य ,सयम आचार्य ,विष्णु थापा मगर ,यादव भट्टराई, भजन समूह दस जना,नृत्य समूह दस जना आदि १३० जतिको उपस्थिति रहेको थियो ।

ट्यागहरू:
literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।