सन्ध्या पहाडीको 'क्रमश सम्बन्धहरु' उपन्यासको परिचर्चा

खगिन्द्रा खुसी · मंसिर १४, २०८३ १०:०७ PM
Cover Image for News

२०८३ मङ्सिर १३, झापा ।
गुन्जन नारी साहित्य संस्थाले आज बुढानीलकण्ठ, काठमाडौंमा गुन्जन गोष्ठीमा उपन्यासकार सन्ध्या पहाडीको उपन्यास 'क्रमश सम्बन्धहरु' को परिचय र परिचर्चा कार्यक्रमको आयोजना गरेको छ ।

गुन्जनकी अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि साहित्यकार भारती गौतम (अमेरिका) रहनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ समालोचक डा. ज्ञानु पाण्डे र साहित्यकार डा. सुरेश हाचेकालीले कृति समीक्षा गर्नु भयो । 

यसैगरी कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कवि सुफल थपलियाले शुभकामना व्य्क्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भारती, अध्यक्ष श्रेष्ठ र कृतिकार पहाडीले मन्तव्य राख्नु भएको थियो । 

उपन्यासकार पहाडीले 'क्रमश सम्बन्धहरु' उपन्यासम मूलतः लैङ्गिक समस्यालाई विषय बनाउनु भएको छ ।  उपन्यासमा अस्तित्वको खोजी गर्दै गरेकी एउटी नारीको जीवनका विभिन्न आयामहरूलाई प्रस्तुत गरिएको छ ।

साहित्यकार डा. अनुपमा रेग्मीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा विभिन्न साहित्यकारको उपस्थिति रहेको थियो ।

पहाडीको 'क्रमश सम्बन्धहरु' उपन्यासलाई यसअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को गत २०८३ जेठ ९ -१२ गते अमेरिकाको कोलोराडोमा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा लोकार्पण गरिएको थियो ।

उक्त अवसरमा चर्चित साहित्यकारहरु निलम कार्की निहारिका, सीता पाण्डे, भारती गौतम, संगीता स्वेच्छा (बेलायत), डा. पुष्पा शर्मा (सिक्किम) लगायतले संयुक्त रूपमा लोकापर्ण गर्नुभएको थियो ।

यसैगरी सो उपन्यासको अनेसास ञूयोर्क च्याप्टरले परिचर्चा कार्यक्रमको आयोजना गरेको थियो । सो परिचर्चा कार्यक्रममा अनेसासका पूर्व अध्यक्षहरु राधेश्याम लेकाली,  गोवर्द्धन पूजा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायत साहित्यकारहरु शकुन ज्ञवाली, किशन सिंह धामी, कमला प्रसाईं, रश्मी भट्टलगायत सहभागी रहनु भएको समाचार साहित्यिक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।

ट्यागहरू:
literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।