स्रष्टा मुना मिश्रको ‘माटाको सुगन्ध’ कविता कृतिको बेलबारीमा लोकार्पण

दिलिप घिमिरे · मंसिर १४, २०८३ ७:४४ PM
Cover Image for News

झापा, १३ मङ्सिर / कवि मुना मिश्रको कविता सङ्ग्रह ‘माटाको सुगन्ध’ बेलबारीमा लोकार्पण गरिएको छ। 

बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङले कृतिको लोकार्पण गरेका हुन्।

कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ कवि तथा आख्यानकार छवि वैरागी घिमिरे र उपप्राध्यापक तथा कवि टीका आत्रेयले कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए। घिमिरेले कविको व्यक्तित्व र सम्पादनका क्रममा देखिएका पक्षबारे चर्चा गरेका थिए भने आत्रेयले सङ्ग्रहका कविताको विषयवस्तु र प्रस्तुतिको विश्लेषण गर्दै कविलाई सिर्जनात्मक सुझाव दिएका थिए।

कार्यक्रममा कवि तथा नाटककार भरत बर्बरिक, गजलकार शिव पराजुली, साहित्यकार रमेश धमला, कवि यज्ञ परिश्रमी र लघुकथाकार शारदा दाहाल भण्डारीले रचना वाचन गरेका थिए। बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला र सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपक न्यौपानेले कवि मिश्रलाई बधाई दिँदै आगामी सिर्जनायात्राका लागि शुभकामना व्यक्त गरेका थिए।

FB_IMG_1795958826107.jpg 165.89 KB
परिषद्का अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीलगायत साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो। प्रमुख अतिथि तामाङले परिषद्ले आयोजना गर्ने कार्यक्रमले स्रष्टालाई उत्प्रेरणा दिनुका साथै साहित्यिक गतिविधिमा फरक स्वाद थप्ने गरेको बताए।

कार्यक्रममा परिषद्की उपाध्यक्ष विष्णु भण्डारी आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव नवराज नवशिलाले सञ्चालन गरेका थिए। आयोजकका अनुसार कार्यक्रममा ८० जनाभन्दा बढी साहित्यकार, कलाकार, सामाजिक व्यक्तित्व तथा साहित्यप्रेमी सहभागी थिए।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।