‘नुरिन भ्याली’ले धिरेन शाहीको लेखनयात्राप्रति जगायो अपेक्षा

दिलिप घिमिरे · मंसिर १४, २०८३ ८:२१ PM
Cover Image for News

झापा, १३ मङ्सिर । नयाँ उपन्यास ‘नुरिन भ्याली’माथि टिप्पणी गर्दै साहित्यकार तथा समीक्षकहरूले लेखक धिरेन शाहीको लेखनयात्राप्रति अपेक्षा व्यक्त गरेका छन्।

समीक्षक दामोदर ढकाल ‘दीपक’ले कृतिलाई सपनाको अनुपम नमुनाका रूपमा व्याख्या गरे भने प्रमुख अतिथि डा. बमबहादुर जितालीले शाहीको लेखनले नेपाली साहित्यमा महत्त्वपूर्ण स्थान बनाउने विश्वास व्यक्त गरे। उनले उपन्यास मदन पुरस्कारका लागि समेत सूचीकृत हुन सक्ने अपेक्षा राखे।

आधुनिक साहित्य परिषद्को आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा उपन्यासमाथि समीक्षक चन्द्रा न्यौपाने र रसुवाली कविले पनि धारणा राखेका थिए। परिषद्का सभापति ध्रुव गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जितालीलगायत अतिथिले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

उपन्यास कृति
कार्यक्रममा गोंगबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइकेल, ‘षड्ऋतु’की परिकल्पनाकार सीता बिष्ट कार्की, वरिष्ठ सङ्गीतकार विष्णु गुरुङ, सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’ र शीत साहित्य समाजका अध्यक्ष कृष्ण सापकोटा केसीलगायत साहित्यिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। सहभागी अतिथिहरूले लेखकको साहित्यिक यात्राबारे पनि चर्चा गरेका थिए।

गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसन्सले उपन्यास ‘नुरिन भ्याली’ प्रकाशन गरेको हो।

ट्यागहरू:
आख्यान साहित्य #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।