विर्तामोडमा देशभक्ति गीतहरुको प्रस्तुति 'राष्ट्रनाद' कार्यक्रम सम्पन्न
लेखक:Admin·प्रकाशन मिति: कार्तिक २२, २०८३ १०:१२ AM
२१ कात्तिक, झापा । विर्तामोडमा 'राष्ट्रनाद' कार्यक्रम सम्पन्न भएको छ । डाइनामिक ग्रुप नेपाल, सप्तक सङ्गीत विद्यालय विर्तामोड तथा नेपाली साहित्य डटकमको संयुक्त आयोजनामा शुक्रबार साँझ उक्त कार्यक्रम सम्पन्न भएको हो । ख्यातिप्राप्त गायक तथा सङ्गीतकार डा.टीका भण्डारी, गायक तथा सङ्गीतकार गणेश पराजुली, गायिका यशोदा पराजुली, सप्तक संगीत विद्यालयका संस्थापक/सन्चालक सरोज वत्स, सारेगामापा लिटिल च्याम्प्स नेपाल सिजन १ रियालिटी सोकी विजेता कृपा पौडेल, मेरो भ्वाइस युनिभर्स सिजन २ मा उत्कृष्ट ६ मा पर्न सफल प्रसान्त पोख्रेलका साथै सप्तक सङ्गीत विद्यालयका विद्यार्थीहरु र डाइनामिक ग्रुप नेपालद्वारा देशभक्ति गीतहरु प्रस्तुत गरिएको थियो ।
rastra.jpg54.92 KBडाइनामिक ग्रुपकी अध्यक्ष खगिन्द्रा खुसीको सभाध्क्षता, गायक तथा सङ्गीतकार डा.टीका भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वीस भन्दा बढी राष्ट्रीय भावनाले भरिएका गीतहरु प्रस्तुत भएका थिए । नेपाली साहित्य डटकमका उपाध्यक्ष अर्जुन उप्रेतिको स्वागत मन्तव्य तथा खगिन्द्रा खुसीद्वारा रचित सङ्गीतवद्ध स्वागत कविताबाट स्वागत सँगै सप्तक संगीत विद्यालयका संस्थापक/सन्चालक सरोज वत्सले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै 'जाग लम्क चम्क हे नौ जवान हो' बोलको गीत गाएपछि अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । photoसप्तक संगीत विद्यालयका विद्यार्थीहरुबाट 'जब सुनका बाला झुल्छन्' बोलको गीतबाट देशभक्ति गीत गाउन सुरु भएको कार्यक्रममा विद्यालयका सन्चालक वत्सद्वारा आफैंले रचना र संगीत गरेको गीत, मेरो टीपी मैलो होइन, गाउँछ गीत नेपाली, देशले रगत मागे लगायतका राष्ट्रिय गीतहरु प्रस्तुत भएका थिए । गायिका कृपा पौडेलले छाडेर काम सारा एक काम रोजिरहेछु र फर्की आऊ शान्ति तिमी बोलको गीत गाएर मन्त्रमुग्ध बनाएकी थिइन् । प्रसान्त पोख्रेलले नेपाली नेपालको माया छ कि छैन बोलको गीत गाएका थिए । गायिका यशोदा पराजुली र गणेश पराजुलीले अटल ज्योति चन्द्र र सूर्य नेपाली आकाशमा बोलको गणेश पराजुलीद्वारा सङ्गीत गरिएको गीत गाउनु भएको थियो भने यशोदा पराजुलीले गाउँछ गीत नेपाली बोलको गीत गाउँदा सभाहलमा उपस्थित सबै श्रोता दर्शकहरु उत्साहका साथ नाचेर रमाइलो गरेका थिए । गायक पराजुली जोडीबाट जम्मा तीनवटा गीत प्रस्तुत भएका थिए । प्रमुख अतिथि डा.टीका भण्डारीले यो माटो भरि हाम्रै रगत पसिना बगेको छ, मरिगए मुरीमाटो लगायतका गीत गाएर माहोललाई राष्ट्रीय भावमा डुवाउनु भएको थियो । डा.भण्डारीको गीतसँगै समापन भएको राष्ट्रनाद कार्यक्रम सभापतिको मन्तव्यबाट सुरुभएनि अरु कसैको मन्तव्य राखिएको थिएन । photo रुद्रगौरी श्री अम्विका ओलि प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलि, कवि नवराज पराजुली, स्रष्टा जे सागर, सन्चारकर्मी लिला अनमोल, ध्रुव पाठक, देवीभक्त श्रेष्ठ, प्राज्ञ हरि पौडेल, लिला अधिकारी, डा.गोपी खतिवडा, टीका भट्टराई नेपाल, ज्ञानु बुढाथोकी, हरि बराल, कमल चापागाई लगायत डेढसय स्रोता/दर्शकको उपस्थिति रहेको थियो ।
सन्चारकर्मी केशव भट्टराईद्वारा सन्चालन गरिएको कार्यक्रम साँझ सातदेखि दशबजेसम्म सन्चालन भएको थियो ।
ट्यागहरू:
literature
samachar
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।