चाँडै तिमी आउनू

खगिन्द्रा खुसी · असार १५, २०८१ ९:५४ AM
Cover Image for News

जोडी छन् सबका म मात्र जहिले, जे गर्न एक्लो हुने, 
मेला, पर्व र चाडवाड जति छन्, तिम्रै झझल्को हुने ।
 तिम्रै साथ बसेर गाजल टिकी, सोचेँ कहाँ लाउँनू ? 
राँके जानु छ वर्ष एक दिनमा, चाँडै तिमी आउनू । ।
 
 गाईवस्तु लगेर पारि वनमा, छाडेर फर्किन्छु म, 
गोठालासँग भेट गर्दिन कतै, देखेर तर्किन्छु म ।
 भित्री यो मनमा छ गीत भरिलो, मैले कहाँ गाउनू? 
तिम्रोझैँ वनमा बजेन मुरली, चाँडै तिमी आउनू।
 
 भुल्ने हैन कथा मुनामदनको, पोल्ने गरीको छ है, 
पैसा त्यो जति नै भए पनि यहाँ, रित्तिन्छ/ सिद्दिन्छ है! 
चिन्ता दूर गरी खुला हृदयले, माया लिई आउनू ।
 मेलापर्म गरेर चल्छ घर यो, चाँडै तिमी आउनू ।
 
 मानो चामल लानुपर्दछ कतै, को लान्छ खै जान्दिन
 कन्यार्थी हुन जानुपर्दछ कतै , को जान्छ खै जान्दिन ।
 अर्काकै घरको बनी जुनकिरी, के ज्योति भै छाउँनू ? 
जन्मेको घर गाउँ रुन्छ नमिठो, चाँडै तिमी आउनू ।
 
 पुस्ता सार्नु छ एक काम कटिलो, खाडीतिरै छौ पति, 
चड्दो वैँश म थेग्न सक्छु कसरी, सम्झेर बस्ने कति, 
के भन्ने अब खै सके जति भनेँ, के धेर सम्झाउनू ? 
नानी हाँस्छ छिमेकमा सुन सखे, चाँडै तिमी आउनू।
 
 शिशिर
भट्टराई
 इलाम

ट्यागहरू:
सहित्य कविता कला literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
ढुङ्गामा कुँदिएको वंश परम्परा
ढुङ्गामा कुँदिएको वंश परम्परा
मुक्तिप्रसाद तिम्सिना पोष्ट-दिलिप घिमिरे - आइतबार ६ सेप्टेम्बर २०२६
बुद्ध, मुक्त ऊ बन्दछ
बुद्ध, मुक्त ऊ बन्दछ
हरिभक्त सिग्देल 'महेश' पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५
देशको सान
देशको सान
कल्पना काफ्ले पोष्ट -खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४
शक्ति सङ्कल्प
शक्ति सङ्कल्प
टीका आत्रेय पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४