शक्ति सङ्कल्प

टीका आत्रेय पोष्ट - खगिन्द्रा खुसी · भदौ १३, २०८१ ८:३४ AM
Cover Image for News

काटेर मेरा सब हात गाेडा
एक्लै बनाऊ असहाय छाेड
तथापि जन्मिन्छु म बार बार
पाषाण फाेडी युगकाे किनार

जहाँ निमाे्ठ्छाै म पलाइछाड्छुु
ब्रह्माण्डलाई म बचाइछाड्छु
याे विश्व मेराे जति हाेस् विपक्ष
पुगेर छाड्नेछु अनन्त लक्ष्य

मारेर मेरा तनका पखेटा
मर्दैन उड्ने मनकाे अठाेट
सञ्जीवनी हिम्मतकाे उठाएँ
म मृत्युलाई उछिनेर आएँ

झिकेर मेरा सब अङ्गलाई
फुस्राे बनाए पनि रङ्गलाई
मभित्रकाे आँट म झर्न दिन्न
स्रष्टा हुँ याे सृष्टि म मर्न दिन्न

याे रक्त चल्ने मुटुकाे कुनामा
जिजीविषा बग्छ नसा नसामा
त्याे शक्तिकाे बूँद उठेर भन्छु
अठाेट हाे शैल चढेर छाड्छु

मभित्र मेराे जिउँदो कथा छ
म भित्र सङ्कल्प र धीरता छ
म रच्छु छुट्टै इतिहास आज
विज्ञानभन्दा परकाे समाज

पेलेर ढुङ्गा जलकाे मुहान
निकाल्नसक्ने मसँगै छ ज्ञान
त्याे ज्ञानले विश्व नुहाइदिन्छु
सामर्थ्य मेराे म चिनाइदिन्छु ।

छ पाखुरामा बलकाे जरुवा
 म बन्न सक्छु रणकाे अगुवा
मस्तिष्कलाई हतियार मानी
झुल्कन्छ मेराे हरियाे बिहानी

- टीका आत्रेय

ट्यागहरू:
सहित्य कविता literature svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
स्रग्धरामा रमाऊँ
स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
चाँडै तिमी आउनू
चाँडै तिमी आउनू
खगिन्द्रा खुसी - शुक्रबार २८ जुन २०२४
हेर्ने भए आउनु
हेर्ने भए आउनु
खगिन्द्रा खुसी - बिहिबार २७ जुन २०२४
रहूँ यादमा म
रहूँ यादमा म
खगिन्द्रा खुसी - मङ्गलबार २५ जुन २०२४