बसन्ता सम्बाहाम्फेको कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ विमोचन

दिलिप घिमिरे · असोज २३, २०८३ ७:०८ PM
Cover Image for News

झापा २३ असोज /लेखक बसन्ता सम्बाहाम्फेको अनुसन्धानात्मक कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) राजधानीमा विमोचन भएको छ । 

लिम्बू पत्रकार संघको आयोजनामा हिजो अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा  साहित्यकार येहाङ लावतीले सो कृति विमोचन गरे ।

प्रमुख अतिथि  लावतीले याक्थुङ–लिम्बू समाजको मौखिक ज्ञान, संस्कृति र परम्परालाई अध्ययन तथा अनुसन्धानमार्फत दस्तावेजीकरण गर्नु आवश्यक रहेको बताए । 

लेखिका बसन्ता सम्बाहाम्फेले कृतिमा पालामलाई केवल प्रेम वा मनोरञ्जनका लागि प्रस्तुत गरिने लोकगीतका रूपमा मात्र नभई लोकछन्द, लोकलय, प्रस्तुति–परम्परा र सांस्कृतिक अभिव्यक्तिको महत्वपूर्ण विधा रहेको बताइन । उनको अनुसार कृतिमा पालामको परिभाषा, संरचना, तत्त्व, स्वरूप, प्रकार, सौन्दर्यशास्त्र तथा सैद्धान्तिक आधारलाई अनुसन्धानपरक ढङ्गले प्रस्तुत गरिएको छ । 

विमोचन कार्यक्रममा कृतिमाथि प्राज्ञ यासेली योङहाङले लिम्बू भाषामा र साहित्यकार तथा चलचित्रकर्मी सागर केरुङले नेपाली भाषामा समीक्षा गरेका थिए ।

ट्यागहरू:
भाषा#साहित्य# कला र लोक संस्कृति#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।