अर्जुन उप्रेतीको 'सौगात' गजल सङ्ग्रह माथि एक दृष्टि

दिलिप घिमिरे · भदौ ७, २०८३ १२:५० PM
Cover Image for News

अर्जुन उप्रेतीको 'सौगात' गजल सङ्ग्रहमाथि एक दृष्टि 

भोलाझार,असमका अग्रज गजलकार अर्जुन उप्रेतीको बहुप्रतीक्षित गजल सङ्ग्रह 'सौगात' प्रकाशन भएर भर्खरै पाठकमाझ आइपुगेको छ। विमोचनकै दिन मेरो हातमा परेको यो कृतिमा कुल १०१ वटा गजल समावेश छन् र ती सबै गजल भर्खरै पढेर सकेँ। दशकौँदेखि निरन्तर गजल साधनामा समर्पित अर्जुन उप्रेतीज्यू औपचारिक प्रकाशनको यात्रामा भने भर्खरै प्रवेश गरेका छन्। उनको पहिलो गजल कृति 'सौगात'को प्रकाशन असमेली नेपाली गजल महफिलका लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो। यसले यहाँको गजल संसारमा सुनमा सुगन्ध थपेको छ।

अर्जुन उप्रेती कुशल गजलकार हुनुको साथै सुमधुर गायक पनि हुन्। आफ्ना धेरै गजलमा आफैँले स्वर दिएर उनले शब्द र सङ्गीतबीच सुन्दर सम्बन्ध स्थापित गरेका छन्। उनका अधिकांश गजल प्रेमका कोमल अनुभूतिले भरिएका छन् भने केही गजलमा राजनीति, सामाजिक विसङ्गति र मान्छेको वास्तविक चरित्रमाथि तीक्ष्ण व्यङ्ग्य पाइन्छ।

यस्ता गजलले पाठकलाई मनोरञ्जन दिनुको साथै सोच्न पनि बाध्य बनाउँछन्। भाव, शिल्प र अभिव्यक्तिका दृष्टिले उनका गजल सशक्त, मार्मिक र पाठकमैत्री छन्।
 गजलकार अर्जुन उप्रेतीको 'सौगात' प्रकाशित कृतिका हिसाबले सातौँ कृति तर गजल कृतिको हिसाबले पहिलो गजल कृति हो।

कृतिकार अर्जुन उप्रेती
भारतीय नेपाली गजलका प्रकाशित कृतिकारको समग्र सूचीमा उनी ५७ औँ कृतिकार तथा प्रकाशित गजल कृतिको सूचीमा ८२औँ कृतिका रूपमा समावेश हुन्छन्। त्यसैगरी, असमेली नेपाली गजलको इतिहासमा उनी १३औँ कृतिकार तथा २०औँ गजल कृतिका रूपमा दर्ज भएका छन्। यस दृष्टिले पनि ‘सौगात’को प्रकाशन विशेष महत्त्व राख्छ।
नयाँ कृति 'सौगात'ले असमेली नेपाली गजल साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याओस्, व्यापक पाठकको माया र प्रशंसा प्राप्त गरोस् तथा दीर्घकालसम्म गजलप्रेमीको मनमा आफ्नो स्थान बनाउन सफल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
'सौगात' पढ्नैपर्ने कृति हो। कृपया खोजी गरेर भए पनि पढ्नु होला।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘याङरुप’ उपन्यास : ग्रामीण जीवन संघर्षको सामाजिक उत्खनन्
‘याङरुप’ उपन्यास : ग्रामीण जीवन संघर्षको सामाजिक उत्खनन्
✍️ ज्योतिकिरण, पोष्ट-दिलिप घिमिरे - शनिबार २६ सेप्टेम्बर २०२६
कृतिले बद्लेको दृष्टि: विद्वान् रन्धोज नेम्बाङदेखि हिम्मत नेम्बाङसम्म
कृतिले बद्लेको दृष्टि: विद्वान् रन्धोज नेम्बाङदेखि हिम्मत नेम्बाङसम्म
मिना अधिकारी पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २२ सेप्टेम्बर २०२६
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
दिलिप घिमिरे - मङ्गलबार २४ फेब्रुवरी २०२६