आत्मकल्याण छिन्छिन

कोषराज न्यौपाने पोष्ट- खगिन्द्रा खुसी · कार्तिक १६, २०८१ ८:५० AM
Cover Image for News


 आत्मकल्याण छिन्छिन
जननाशौचले यद्वा मरणाशौचले तथा 
रोकिएका सबै श्राद्ध कृष्ण आश्विनपक्षका ।१। 
पाइन्छ गर्न हामीले शुक्लआश्विनपक्षमा 
पञ्चमीसम्ममा मात्र मानी गौण महालय ।२। 
न उक्से पञ्चमीसम्म अष्टमी द्वादशी लिनू 
व्यतिपात वा भरणी परेका तिथि झन् लिनू ।३। 
उक्सिएपछि जो पैले तोकेको तिथि पर्दछ 
हामीले तिथि त्यो पारी श्राद्ध नै गर्नुपर्दछ ।४। 
सूतकादि परी नित्य छेकिए सब यी तिथि 
लक्ष्मीपूजन औँसीमा गर्नुपर्दछ श्राद्ध ती ।५।
मासान्त कार्तिकै भित्र तिथि यो पनि रोकिए 
व्यतिपात र भरणी पर्ने ती तिथि नै लिए ।६। 
सबै नै श्राद्ध रोकिन्छन् मार्गशीर्ष छुएपछि 
कार्तिककृष्णको किन्तु औँसी पर्छ भने तिथि ।६। 
त्यसमा श्राद्ध रोकिन्न लागे मङ्सिर नै पनि 
हेक्का राख्नू यति कुरा श्राद्धकर्ताहरू गुनी ।७। 
सकिएन गर्न श्राद्ध सबै यी तिथि उम्किए 
हरे राम हरे राम निराश पितृ फर्किए ।८। 
छ हाम्रो शास्त्रमा हेर विकल्प यसको पनि 
दुरो अश्वस्य ... यो मन्त्र नित्य नै जप्नुपर्छ नि ।९। 
अर्को महालयसम्म एकसौ आठ दिन्दिन 
जपेमा पितृकल्याण आत्मकल्याण छिन्छिन ।१०।
कोही विद्वान् बनी भन्लान् ऋग्वेद जप्नु हुन्न है 
परन्तु तुक नै छैन यसको सार बुझ्नु है ।११।
यजुर्वेदीहरू निम्ति ऋग्वेद हैन दुश्मन
ऋग्वेदी मन्त्र नभई हुँदैन कति ठाउँमा ।१२।

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५