अलिकति माया गाँसेर अलिकति मन जोडेर

RB Khadka · मंसिर २७, २०८० २:३५ PM
Cover Image for News

अलिकति माया गाँसेर अलिकति मन जोडेर
संसारबाट जानु पर्छ अलिकति याद छोडेर 

थोरै थोरै खुसीहरु बटुलेर रमाउनु छ 
घाट सम्म रुँदै जाने मानिसहरु कमाउनु छ 
अलिकति दुख बाडेर अलिकति साथ जोडेर 
संसारबाट जानु पर्छ अलिकति याद छोडेर 

दुखे पनि जिन्दगी यो रमाउदै बाँच्नु पर्छ 
झरे पनि आँसु पुछी फेरि पनि हाँस्नु पर्छ 
अलिकति आशा राखेर अलिकति हात जोडेर 
संसारबाट जानु पर्छ अलिकति याद छोडेर

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५