यसवर्षको “पवन आलोक नियात्रा पुरस्कार” निर्मोही व्यासलाई

खगिन्द्रा खुसी · माघ ६, २०८२ १०:०१ AM
Cover Image for News

झापा, माघ ५ अग्रज स्रष्टा निर्मोही व्यास सम्मानित हुने भएका छन् । व्यास पवन आलोक नियात्रा सम्मानबाट सम्मानित हुने भएका हुन् । पचास हजार राशीको सो पुरस्कार सहितको सो पुरस्कार बि.सं. २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलद्वारा स्थापना गरिएको हो । यसअघि “पवन आलोक नियात्रा पुरस्कार” कृतिगत रुपमा प्रदान गरिंदै आएको थियो भने यसै वर्षदेखि सो पुरस्कार “पवन आलोक नियात्रा सम्मान”का रुपमा योगदानलाई आधार मानी प्रदान गर्ने निर्णय गरिएको हो ।

कृतिगत रुपमा यसअघि पहिलोपल्ट वि.सं. २०७७ मा ‘हिमाल शेर्पा र यती’ नियात्रा कृतिका लागि नियात्राकार भीष्म उप्रेतीलाई,वि.सं. २०७८ मा ‘ग्रीष्मको नीलो बतास’ नियात्रा कृतिका लागि नियात्राकार डा दामोदर पुडासैनी किशोरलाई, वि.सं. २०७९ मा ‘मिसर’ नियात्रा कृतिका लागि इल्या भट्टराईलाई तथा वि.सं. २०८० मा ‘गंगचुलीको हिउँ’ नामक नियात्रा कृतिका लागि नियात्राकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिएको थियो ।

ट्यागहरू:
literature puraskar svikarokti साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।