योगी विकाशानन्दद्धारा पथिक उपन्यास विमोचन
![Cover Image for News](https://nepalisahitya.com/storage/115/01HWERRQQM7TQE82FB4AC2M8E3.jpg)
लेखक रिवाज रोक्काद्धारा लिखित उपन्यास पथिकको एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।
विश्व परिवार विकाशानन्द फाउण्डेशनको आयोजनामा काठमाडौंमा भएको सो पुस्तकको विमोचन प्रशिद्ध योग गुरु डा. विकाशानन्दद्धारा गरिएको थियो ।
काठमाडौंमा विमोचन गरिएको पुस्तकको लाइफ रिसर्च एण्ड पब्लिकेशनद्धारा प्रकाशन गरिएको हो । लेखक रोक्काद्धारा लिखित यो उपन्यास पहिलो कृति हो ।
लाइफ रिसर्च पब्लिकेशनका तर्फबाट प्रकाशक रेनुका खरेलको अध्यक्षतामा भएको पुस्तक विमोचन कार्यक्रममा उपन्यासको बारेमा साहित्यपोष्ट साहित्यिक अनलाइनका प्रधान सम्पादक लेखक अश्विनी कोइरालाले चर्चा गर्नुभएको थियो ।
योगी डा. विकाशानन्दको प्रमुख आतिथ्यतामा र गुरुआमा कमलेश्वरीको बिशेष आतित्यतामा भएको पुस्तक विमोचन कार्यक्रममा लेखक रिवाज रोक्काले समेत पुस्तकको बिषयवस्तु र त्यसको परिवेशबारे धारणा राख्नुभएको थियो ।
आयोजक संस्थाका तर्फबाट केबी पौडेलद्धारा र्सचालन गरिएको कार्यक्रममा विकाशानन्दले दार्शनिक प्रवचन समेत दिनुभएको थियो । सामाजिक बिषयवस्तु समेटिएको यो उपन्यासले मानवीय जीवनका व्यवहारिक ज्ञानका बारेमा मिहिनरुपमा प्रस्तुत गरिएको छ ।
पथिक अर्थात् एउटा पथ हो, यसरी एकप्रकारको बाटोमा यात्रा गरिरहेको व्यक्तिको वरिपरि यो उपन्यास घुमेको छ । उसलाई अरु नै केही कुराको नशा छ । त्यही नशाका कारण, ऊ प्रशिद्ध बन्छ । सफल बन्छ । पढाइबाहेक अरु कुरा पनि छन् जीवनमा । अरु व्यवहारिक ज्ञानबाट पनि सिक्न सकिन्छ भन्ने बिषयलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यस तर्कलाई उपन्यासको नायकको माध्यमबाट मनमोहक शैलीमा पेश गरिएको छ ।
लाइफ रिसर्च एण्ड पब्लिकेशनको प्रकाशनमा बजारमा आएको पथिक उपन्यास सो प्रकाशनको पाँर्चौ कृति हो । यसको मुल्य ७५५ स्पैया छ ।
![User](https://nepalisahitya.com/images/user.png)
![बिराटनगरमा सहकारीले गर्यो साहित्य सिर्जना र सम्वाद कार्यक्रम](https://nepalisahitya.com/storage/212/01J3QW46V6FA3EHC4TH8AS6ZJ5.jpg)
![बिर्तामोडमा साहित्य कला साँझ कार्यक्रम सम्पन्न](https://nepalisahitya.com/storage/211/01J3QVEB81Q26A68ARK06T0HDX.jpg)
![आमा र आमाका साथीहरू](https://nepalisahitya.com/storage/208/01J3Q0GR52711GZNEJNX36GKGD.jpg)
![अभागीको सपनाहरूको बही कृतिमाथि बिमर्श](https://nepalisahitya.com/storage/207/01J3NHYCYH88W3Q9D69801FS6G.jpg)