यू एस ए निवासी गंगाराम रिजालको कविता “षड् ऋतुहरूमाहुने परिवर्तन”

गंगाराम रिजाल पोष्ट - खगिन्द्रा खुसी · मंसिर २४, २०८१ १०:१६ PM
Cover Image for News


छन्दः- शार्दूलविक्रीडित

फुल्छन् बृक्ष वनस्पती फलहरू हुन्छन् रसीला पनि।
पाक्छन् बोटनुहेर घाँस हरिया देखिन्छ नौलो अनि॥
बोल्छन् कोयली बृक्षका लहरमा नाच्छन् मयूरै त्यहाँ।
घन्किन्छन् बनकुञ्जमा धुनहरू आई वशन्तैमहाँ ॥

तातोबाफ निकै सहेर कहिले पानीझरि पर्दछ !
घुम्टोओढी कतै रहन्छ नभमा छाँयाँ अनि सर्दछ॥
हावा सर्सरभै रहन्छ कहिले चट्याङले तोड्दछ ।
बाढी हुन्छकतै बढीकन नदी वर्षाभई जोड्दछ॥

रोप्छन् धान किसान खेतहरूमा आनन्द मान्दैजब।
बर्षायामभरी झुमेर संगिनी नाच्छन् धुनैमा सब॥
बग्छन् छङ्छङी भेलमा नदीहरू त्यो भाद्रको मासमा।
सुन्दा धून निकै तरङ्गी रहने खोला अनि बाँसमा॥

दौडन्छन् हली काँधमालिई निकै दाँदे,अनौ हाथमा।
कोदाली हँसिया जुवा बृषभनै हुन्छन् सँगै साथमा॥
होलारूप पछाडि भाद्रमहिना जाँदानि आश्विन तिर।
आलीमा अनि झुम्दछन् लहलहै बढ्दैति बाला शिर॥

जान्छु आश्विनको सफा चहकिलो हेर्दै शरद् कालको ।
हट्दैमेघ सफा हुने गगनमा नीलो नदी तालको॥
देखिन्छिन् प्रकृति अलौकिक छठा रंङ्गी बिरङ्गी सबै !
नाच्छन् ताल झिकेर हर्षसँगले आनन्दले पर्वमै ॥

फल्छन् है सुनझैँ मिलेर रसिला मङ्सीरको मासमा !
डालामा ढिकुटी भरौँ अबभनि रूङ्छन् खलो आसमा ॥
हुन्छन् ढुक्क पराल धानसरिको पिट्दा सबै झर्दछ ।
मानुको बिऊमा बढेर मुरीनै संङ्घर्षले पर्दछ ॥

सारा दुःख भुलेर हाँस्छदुनियाँ हेमन्त आएपछि !
मिल्दा मङ्सिरको पराल सँगको आनन्द पाएपछि॥
दाईंगर्न खलोभरी रजनिमा जोडी बिजोडी हल।
गर्ने उद्यमीको त्यहाँ सँगसँगै हुन्थ्यो बराबर बल ॥

बस्छन् ढुक्क बनेर कर्मछमिठो भन्दै नयाँबर्षमा !
साट्छन् पर्वभरी घुमीघुमी सबै षन्तोसले हर्षमा !!
फुल्छन् बाबरी फूलनै मखमली शोभाबनि बागमा।
कस्तो मौसम पौसको दिनपछि जाडोनिकै माघमा ॥

कट् कट् काट्दछ बेस्सरी शिशिरले छोईदिँदा धर्तीनै।
नाङ्गा वृक्ष वनस्पती थरिथरी सिङ्रिङ्ग छन् मूर्तिझैँ ॥
झर्छन् चाँदीसरी कडा र रसिला बर्षाहुने बेगले ।
कस्तो यो प्रकृति अलौकिक छ है ढाकीदिने मेघले॥

यस्तै भिन्न बनेर घुम्दछ ऋतु फेरेर षड् रूपमा।
देखिन्छिन् जसरी उजाड प्रकृति यै धर्तीका कूपमा ॥
वायू लिन्छ हिमालको शिशीरले यात्राहुने दुर्गम ।
लड्ने साहस छैनयो प्रकृतिका सामू कसैको दम॥
१०
भोको पेटसरी बनेर लहरा बृक्षादिका बोटनै।
थर् थर् काँम्दछहै शरीर सबको पीडाभए ओठनै॥
गर्दै साहसले उठेर मनमा बाँच्नुछहै आज यो।
पुग्नेछौँ यसरी खुसीबनि सबै भेट्नै ऋतुराज हो॥
रचनाः-गंगाराम रिजाल
केन्टकी, यू एस ए

ट्यागहरू:
सहित्य literature svikarokti nepalisahitya साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आफूसङ्ग एक्लै - गण्डकी पुत्र
आफूसङ्ग एक्लै - गण्डकी पुत्र
गण्डकीपुत्र पोष्ट खगिन्द्रा खुसी - बिहिबार ८ मई २०२५
 गण्डकीपुत्रको कविता - एउटी आमाको बयान !
गण्डकीपुत्रको कविता - एउटी आमाको बयान !
गण्डकीपुत्र पोष्ट खगिन्द्रा खुसी - सोमबार ५ मई २०२५
नयाँ वर्ष २०८२
नयाँ वर्ष २०८२
कवि-उमानाथ दाहाल पोष्ट-दिलिप घिमिरे - सोमबार १४ अप्रिल २०२५
म र म
म र म
पातलो अन्तरे पोष्ट दिलिप घिमिरे - शुक्रबार २१ मार्च २०२५