विर्तामोडमा कविको आँगनको चौथो शृङ्खला सम्पन्न

खगिन्द्रा खुसी · माघ ८, २०८२ ८:४३ AM
Cover Image for News

झापा, माघ ७ । पाँचगते सोमबार विर्तामोडमा कविको आँगनको चौथो शृङ्खला सम्पन्न भएको छ । कविको आँगन एउटा साहित्यिक अभियान हो । कविकै आँगनमा गएर कविको घर उज्यालो बनाउने ध्येयले यो अभियान सुरु भएको हो । यसमा जम्मा झापा र इलाम जिल्लाका २२ जना कविहरु जोडिएका छन् । यसको पहिलो शृङ्खला कवि भगवती ढुङ्गेलको आँगनमा, दोस्रो शृङ्खला कवि गोपाल दाहालकोमा, तेस्रो शृङ्खला कवि हरिप्रसाद रिमाल र चौथो शृङ्खला कवि डीपी शर्माको आँगनमा सम्पन्न भएको हो । कवि डीपी शर्मा संयोजक रहेको यो साहित्यिक अभियानमा जसको आँगनमा कार्यक्रम हुन्छ त्यो दिनको सभाध्यक्ष उही हुने तथा पालैपालो कार्यक्रम सञ्चालन र कार्यक्रमको अन्त्यमा समीक्षा गर्ने चलन रहेको छ ।

फोटो
       अभियानका संयोजक शर्माको निवासमा सम्पन्न अभियानको चौथो श्रृंखला गोपाल दाहाल, भगवती ढुंगेल, लक्ष्मीअच्युत ढुङ्गाना, तुलसीप्रसाद भट्टराई, नदी भट्टराई, हरिप्रसाद रिमाल, मेघनाथ बन्धु, झाँक्रीखोले, मातृका संग्रौला, दुर्गाप्रसाद सिक्देल, प्रेमप्रकाश फलाहारी, केशबहादुर राई विन्दु दाहाल मुकदर्शक लगायतले आफ्ना रचना वाचन गरेका थिए । 

ट्यागहरू:
सहित्य samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।