विजयध्वज थापाको ‘कति राखुँ मेरो यादमा तिमी’ गीत सार्वजनिक

दिलिप घिमिरे · फागुन २, २०८२ ९:२० PM
Cover Image for News

झापा २फागुन /चर्चित साहित्यकार विजयध्वज थापाद्वारा लेखिएको  ‘कति राखुँ मेरो यादमा तिमी’ बोलको नयाँ गीत लोकार्पण गरिएको छ । 

थापाको शब्द, सन्जय खड्गीको सङ्गीत तथा गायिका लमोनी चक्रवर्तीको स्वरमा 'कति राखुँ मेरो यादमा तिमी ' बोलको गीत कान्तिपुर रेडियो ९६.१ मा शुक्रबार लोकार्पण गरिएको हो।प्रेमको संवेदनशील अनुभूति र आत्मीय भाव समेटिएको यस गीतले छोटो समयमै श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको समेत बताइएको छ । 

गीत,कविता, मुक्तक, नियात्रा लेखनका क्षेत्रमा दर्जनौं पुस्तक प्रकाशन गरिसकेका स्रष्टा हुन्।
 लीलाध्वज थापा साहित्य प्रतिष्ठानको अध्यक्ष समेत रहेका साहित्यकार /गीतकार थापाका यस अघि पनि थुप्रै गीतहरु सार्वजनिक भई लोकप्रिय समेत रहेका छन् ।

रेडियो कान्तिपुरको म्युजिक एक्सप्रेस कार्यक्रममा म्युजिक अफ द मन्थका रुपमा उनका गीतहरु सुन्न सकिने अन्तरवार्ताको क्रममा जानकारी प्राप्त भएको छ।

रामकृष्ण ढकाल र अन्जु पन्तले गाएका उनका गीतहरु माया मायाको जीवन र रारामा तिमीलाई देखें ,फेवामा तिमीलाई देखें,टल्केको शीत झर्दा शीत भित्र तिमीलाई देखें जस्ता गीतहरु यस अघि नै निक्कै चर्चित रहेका पाइन्छन् भने स्वदेशप्रतिको समर्पण भावले ओतप्रोत भएको मेरो देश बोलाई रहेछ … र हिमशिखरमा विश्वमा पहिलो जलभण्डार नेपाल जस्ता चर्चित स्वदेशगानको परिचर्चा व्यापक रुपमा रहेको पाइन्छ । 

गीतकार विजयध्वज थापा फागुन महिनाभरि रेडियोको म्युजिक एक्सप्रेस कार्यक्रममा व्यस्त रहने र उनका रचनाका विभिन्न गीतहरू प्रसारण हुने समेत जानकारी दिइएको छ। 

ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।