उर्जाशील साहित्य कला प्रतिष्ठानको कविगोष्ठी सम्पन्न

दिलिप घिमिरे · माघ २५, २०८२ ५:३२ PM
Cover Image for News

झापा २४माघ/उर्जाशील साहित्य कला प्रतिष्ठानको आयोजनामा शुक्रबार कविगोष्ठी सम्पन्न गरिएको छ।

झापा जिल्लामा क्रियाशील साहित्यक संघ संस्थाहरुमध्ये पहिलो चरणमा १० वटा संस्थाका अध्यक्षहरु र थप १० जना कविहरु छनौट गरि कविता वाचन कार्यक्रम गर्ने निर्णयानुसार कार्यक्रम सम्पन्न गरिएको समाचार  देवीचरण भण्डारीले दिएका छन्।

प्रमुख अतिथि, विशिष्ट अतिथि र विशेष अतिथिहरु नराखी गरिएको कार्यक्रम सम्भवत झापामै पहिलो हुनुपर्दछ।आमन्त्रित संस्थागत र व्यक्तिगतरुमा उपस्थित कविहरु सवै अतिथि।मञ्चमा कसैलाई पनि मञ्चासिन नगराई दर्शक दीर्घामा नै सबैलाई आसन ग्रहण गराईएको थियो। प्रतिष्ठानका अध्यक्ष डीपी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा १४ जना कविहरुले कविता वाचन गर्नु भएको थियो।

घर दलान साहित्य समाज,बुद्धशान्तिका कवि गणेश निरौला,साहित्य कला संस्कृति प्रतिष्ठान,बिर्तामोडका तुलसीप्रसाद भट्टराई,कनकाई प्रतिभा प्रतिष्ठान,सुरुङ्गाका  जीवनाथ सुवेदी,साहित्य कला संगम दमकका मेघनाथ नेउपाने, जयप्रसाद आचार्य,जय भण्डारी,टङ्क काफ्ले विकल्प,मीना अधिकरी,जीना अधिकारी,लक्ष्मी अच्युत ढुङ्गाना,कृष्ण मिश्र,गोपाल दाहाल,कल्पना ओली र रत्नश्री मिश्रले कविता वाचन गर्नु भएको थियो भने कृष्ण सुवेदी ' निराकार' ले मुक्तक वाचन गर्नु भएको थियो।

फोटो
कार्यक्रममा सरगम संगीत विद्यालयका प्रशिक्षार्थी बाल कलाकारहरु रत्नश्री मिश्र, प्रसुन गुरागाईँ र रक्षा तिम्सिनाले सुमधुर गीत गाएर मन्त्रमुग्ध पार्नु भएको थियो। कार्यक्रममा वाचन गरिएका कविताहरुको संक्षिप्त टिप्पणी प्रतिष्ठानका सल्लाहकार तथा मेची क्याम्पस भद्रपुरका सहप्राध्यापक लीलाप्रसाद अधिकारीले गर्नु भएको थियो। 
प्रतिष्ठानकी उपाध्यक्ष भगवती ढुङ्गेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन सचिव देवीचरण भण्डारीले गर्नु भएको थियो।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू