उपन्यासकार ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’सार्वजनिक
झापा ९ चैत्र /उपन्यासकार ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक गरिएको छ।
लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र आफ्नी छोरी स्पृहा रिजाललाई पुस्तक हस्तान्तरण गर्दै नेपालयको आरशालामा कृति सार्वजनिक गर्नुभयो।
यसअघि रिजालको ‘हटारु’ उपन्यास,‘यात्रा–विम्ब’ कविता संग्रह र ‘रुँदै बग्दोछ मुगु कर्नाली’ नियात्रा प्रकाशित छन्।
विमल आचार्यले ‘पैकेलो’ साहित्यिक दृष्टिले मात्र होइन, समाज, संस्कृति, भाषा र इतिहास अध्ययनका लागि पनि महत्वपूर्ण कृति रहेको टिप्पणी गर्नुभयो।
२५० पृष्ठको ‘पैकेलो’को मूल्य ५ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ।