उपन्यासकार ज्ञानु बुढाथोकीलाई जयन्द्रप्रसाद प्रसाईं उत्कृष्ट कृति पुरस्कार प्रदान

दिलिप घिमिरे · वैशाख २०, २०८३ ९:११ AM
Cover Image for News

झापा २० बैशाख /जयन्द्रप्रसाद प्रसाईं उत्कृष्ट कृति पुरस्कारबाट उपन्यास ‘याङरूप’का लागि उपन्यासकार ज्ञानु बुढाथोकी पुरस्कृत भएका छन्। 

शनिबार धनुषकोटी धाम,सुरुङ्गामा जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषको भवन उद्घाटन,स्रष्टा पुरस्कार सम्मान तथा स्मारिका लोकार्पण कार्यक्रम सम्पन्न भएको हो। 
साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षता,प्रसिद्ध साहित्यकार प्राडा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रममा सम्पन्न गरिएको थियोे।
 जयन्द्रप्रसाद प्रसाईं उत्कृष्ट कृति पुरस्कार उपन्यास ‘याङरूप’का लागि उपन्यासकार ज्ञानु बुढाथोकीलाई,विष्णु चन्द्र पद्मा विशिष्ट प्रतिभा पुरस्कार वरिष्ठ पत्रकार नकुलकाजीलाई,धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार रमा दाहाल भण्डारीलाई जनही पच्चीस हजार रुपैयाँ नगद राशिसहित पुरस्कृत गरिएको हो।
त्यस्तै कमल पर्शु अपाङ्ग प्रोत्साहन पुरस्कार हरिप्रसाद अधिकारीलाई नगद एघार हजार रुपैयाँ प्रदान गरियो।कार्यक्रमका प्रमुख अतिथिको हातबाट पुरस्कृत सबैलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियोे । 

कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्वसम्मानित कोमलप्रसाद पोखरेल,महाकाव्यकार पूर्वसम्मानित मोहन भण्डारी,आख्यानकार पूर्वसम्मानित पुण्यप्रसाद खरेल,वरिष्ठ अधिवक्ता,साहित्यकार पूर्वसम्मानित लीला उदासी,वागमती प्रदेशका पूर्व प्रदेशप्रमुख विष्णु प्रसाईं,वरिष्ठ पत्रकार नकुलकाजी,प्रसिद्ध साहित्यकार हेमनाथ अधिकारी,गजलकार केशव आचार्य,डा.पुण्यप्रसाद सिग्देल,साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठ,डा.व्यञ्जना शर्मा लगायतका विशिष्ट स्रष्टाहरुको उपस्थिति रहेको थियोे। 

गौतम शर्मा शिवाकोटीले सञ्चालन तथा अध्यक्ष गोपीकृष्ण प्रसाईंले स्वागत तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियोे । 

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।