धरावासीलाई`दीर्घ साहित्य सेवा सम्मान´प्रदान गरिने
झापा ११ चैत्र /वरिष्ठ साहित्यकार कृष्ण धरावासीलाई अर्जुनधारा नगरपालिकले`दीर्घ साहित्य सेवा सम्मान´प्रदान गर्ने भएको छ।
अर्जुनधारा नगरपालिकाले यस नगरपालिका क्षेत्र भित्र रही भाषा,कला,साहित्य तथा संगीतको क्षेत्रमा अनवरत साधनारत व्यक्तित्वलाई नगद सहित प्रत्येक वर्ष´दीर्घ साहित्य सेवा सम्मान´बाट सम्मान गर्दै आएको छ।
सोही शिलशिलामा वर्ष ०८२ को लागि उक्त सम्मान धरावासीलाई अर्पण गर्ने निर्णय भएको हो।
आधुनिक नेपाली साहित्यका एक प्रभावशाली र लोकप्रिय साहित्यकार हुन् धरावासी।उहाँ विशेषगरी उपन्यास,कथा,निबन्ध र समालोचनाका क्षेत्रमा प्रख्यात हुनुहुन्छ।
प्रसिद्ध उपन्यास`राधा´का लागि उहाँले वि.सं. २०६२ को मदन पुरस्कार प्राप्त गर्नुभएको थियो। 'झोला' मा आधारित रहेर चलचित्र समेत निर्माण गरिएको छ।नेपाली साहित्यमा'लीलालेखन'को प्रवर्तकका रूपमा धरावासीलाई चिनिन्छ।धरावासीका चर्चित कृतिहरूमा शरणार्थी,झोला, आधा बाटो,टुँडाल,अर्धकट्टी,पाण्डुलिपि लगायत पच्चीसवटा कृति प्रकाशित छन्।