डिजिटल लेखनको अभ्यासमा साहित्यकारलाई अभिमुखीकरण

दिलिप घिमिरे · मंसिर १४, २०८३ ८:२६ AM
Cover Image for News

झापा, १३ मङ्सिर / साहित्यिक सिर्जनालाई डिजिटल प्रविधिसँग जोड्दै लेखन, सम्पादन र प्रकाशनका नयाँ अभ्यासबारे जानकारी गराउने उद्देश्यले नेपाल लेखक संघ, झापाले शनिश्चरेमा ‘साहित्यकारका लागि डिजिटल स्क्रिप्ट’ अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न गरिएको छ।

 सूचना प्रविधिको विस्तारसँगै डिजिटल लेखन सिर्जना सम्पादन, सुरक्षित भण्डारण र व्यापक पाठकसम्म पुर्‍याउने प्रभावकारी माध्यम बनेको छ। यसले साहित्यिक सामग्रीको संरक्षण र प्रसारलाई सहज बनाउने भएकाले लेखकका लागि यसको ज्ञान र अभ्यास महत्त्वपूर्ण बन्दै गएको छ।

कार्यक्रममा संघका सचिव समिरबाबु कट्टेलले विषयवस्तुबारे जानकारी गराएका थिए भने अध्यक्ष दयानन्द गोस्वामीले सहभागीलाई स्वागत गरेका थिए। ‘देशसञ्चार’का उपसम्पादक उमाकान्त खनालले करिब दुई घण्टा डिजिटल स्क्रिप्टसम्बन्धी प्रशिक्षण दिएका थिए।

नयाँ प्रविधिप्रति उत्सुकता देखाउँदै कार्यक्रममा झापाका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो। सहभागी स्रष्टाहरूले प्रशिक्षणमा सक्रियतापूर्वक चासो देखाएका थिए। कार्यक्रममा मुनाराज सेर्मा, उषा अधिकारी, गणेश निरौला, पुण्यप्रसाद खरेल, कुमार भट्टराई, कृष्ण बराल, तारा राई ‘अनमोल’, रश्मिशेखर सुवेदी,रश्मि असफल, तुलसीप्रसाद भट्टराई, अमरसिंह रावत, पदमबहादुर निरौला, अनिता घिमिरे,  गुणनिधि लुईंटेल, महेन्द्र कोइराला, सुनीता न्यौपाने, भुवन तामाङ, सार्थकबाबु कट्टेल र खगेन्द्रकुमार श्रेष्ठलगायत सहभागी थिए।

ट्यागहरू:
शिक्षा #साहित्य लेखन कार्यशाला #विज्ञान #प्रविधि ##
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।