धरमपुर प्रज्ञा पाठशालाको वृहत् 'प्रथम शैक्षिक प्रदर्शनी
झापा२९पुस/धरमपुर प्रज्ञा पाठशाला शिवसताक्षी-२मंगलबारेमा सोमबार 'प्रथम शैक्षिक प्रदर्शनी गरिएको छ।
विद्यालय प्राङ्गणमा आयोजित कक्षा १ देखि १०सम्मका विद्यार्थीले सहभागिता जनाएको प्रदर्शनीमा शिक्षा,राजनीतिज्ञ,अभिभावक,पत्रकार, प्रहरी,कर्मचारी र समाजसेवाका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। 
आधारभूत तहका विद्यार्थीलाई गीत,नृत्य र खेलकुदको माध्यमबाट पढाउने गरिन्छ।गीत,सङ्गित र खेल खेलाएर पढाउँदा साना बालबालिका पढाइप्रति उत्साहित हुने गरेका छन्। शिक्षक,शिक्षिका र विद्यार्थीसँगै नाचगान र खेलेर पठनपाठन गराउँदा वातावरण रमाइलो र प्रभावकारी हुने गरेको धरमपुर प्रज्ञा पाठशालाकी गुरुआमा हरिमाया दुलालले अनुभव सुनाउनुभयो । 
शिक्षक,विद्यार्थी र अभिभावकहरूको अन्तर्निहित प्रतिभा पहिचान,सिकाई आदानप्रदान र प्रचारप्रसार गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको धरमपुर प्रज्ञा पाठशालाका प्रधानाध्यापक एवम् सञ्चालक सदस्य चन्द्र कुमार मादेम्बाले जानकारी दिनुभयो।
विद्यार्थीहरूले विभिन्न खानाका खाद्य परिकारहरू,नेपाली लोक बाजागाजाहरूमा प्रयोग हुने लोक अर्केष्ट्रा र जातजातिका भेषभुषा समेत प्रदर्शनी गरिएको थियो ।
विद्यालयले अध्ययन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न हरेक वर्ष यस्तो कार्यक्रम गर्दै जाने विद्यालयका सञ्चालक अध्यक्ष रामचन्द्र खनालले बताउनुभयो ।
शैक्षिक प्रदर्शनीपछि विविध सांस्कृतिक कार्यक्रमको थालनी कुशल सहजीकरण लेखक/साहित्यकार तथा विद्यालय सञ्चालक सदस्य बेगेन्द्र सुब्बाले राष्ट्रकवि माधव घिमिरेको `नेपाली हामी रहौँला कहाँ नेपालै न रहे´बोलको सामूहिक राष्ट्रिय गीतबाट गर्नुभयो।विद्यार्थीहरूले उत्कृष्ट लोक नृत्य,गायन प्रस्तुत गरेका थिए ।
किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष वीरबल जवेगु,धरमपुर मैत्री समाजका यज्ञ न्यौपाने लगायतको उपस्थिति रहेको थियोे ।
एक दिवसीय शैक्षिक प्रदर्शनीमा करिव ६००० भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेका थिए ।