धमेन्द्र झाको ´जगन्मुक्ति`नियात्रा कृति लोकार्पण

दिलिप घिमिरे · चैत २३, २०८२ १:१४ PM
Cover Image for News

झापा २३ चैत्र /राससका निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले
‘बागलुङ मिडिया मेला,२०८२’मा´जगन्मुक्ति´ नियात्रा नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित  लोकार्पण गरेका हुन् ।
साहित्यमा धर्मेन्द्र विह्वल उपनामले परिचित झाले हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ र समुद्र किनारास्थित जगन्नाथसम्मको नियात्रालाई सो पुस्तकमा समेटेका छन् ।

मुक्तिनाथका सम्बन्धमा मैथिली भाषामा लिखित पहिलो पुस्तकका रूपमा जगन्मुक्ति रहेको बताउँदै लेखक झाले मैथिली भाषीलाई मुक्तिनाथ जान्न र बुझ्न यो उपयोगी बन्ने विश्वास व्यक्त गरे । पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न जाने मैथिली भाषीको सङ्ख्या बढेको उल्लेख गर्दै उनले भने, ‘प्रत्येक मिथिलावासीको घरमा शालग्रामको पूजा हुन्छ । मुक्तिनाथ शालग्रामको केन्द्र हो ।’ 

यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तुलाई कुल १०२ पृष्ठमा समेटिएको पुस्तकमा विभिन्न महत्तवपूर्ण तस्वीर पनि समावेश गरिएको छ ।
झाका यसअघि ‘रस्ता तकैत जिनगी’,‘एक सृष्टि एक कविता’,‘एक समयक बात्’,‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’,‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरू’(अनुवाद),‘गोनुु झाका कथाहरू’लगायत विभिन्न कृति प्रकाशित छन् ।

ट्यागहरू:
नियात्रा साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।